नीलकण्ठको स्ववियुमा नेवि संघ विजयी

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ९, २०७९

धादिङ । धादिङको सबैभन्दा धेरै विद्यार्थी भएको नीलकण्ठ बहुमुखी क्याम्पसको बुधबार सम्पन्न स्ववियु चुनावमा नेवि संघका उम्मेदवारहरु फराकिलो मतातन्तरमा विजयी भएका छन् ।

१ हजार ८० मतदाता विद्यार्थी रहेको यस निर्वाचनमा जम्मा ६६८ जनाले मात्रै मतदान गरेका थिए जसमा नेवि संघबाट स्ववियु सभपतिको उम्मेदवार बनेका कविराज श्रेष्ठले ३६५ मत ल्याई विजयी हुँदा उनको प्रतिपर्धी अनेरास्ववियका आमोस तामाङले १६० मत र अखिल (क्रान्तिकारी) का श्रीकृष्ण रिजालले १२७ मत ल्याएका थिए ।

धादिङ ७ वटा क्याम्पसको स्ववियु निर्वाचन सकिदा नेवि संघले जितेको यो पहिलो क्याम्पस हो । गल्छीको नमुना बागेश्वी एमालेको अनेरास्ववियुले जितेको छ भने अन्य ५ वटामा माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) ले आफ्नो पक्षमा परेको छ ।

अहिले सम्मको नतिजा
१. चन्द्रोदय बहुमुखी क्याम्पस विशालटार
सभापतिः अखिल (क्रान्तिकारी) का सञ्जित सुवेदी विजयी
समानुपातिक मत
एमाले अखिल २१
अखिल (क्रान्तिकारी): ९२
नेवि संघ ६१
२. जय बागेश्वरी क्याम्पस मलेखु
सभापतिः अखिल क्रान्तिकारीका नवराज त्रिपाठी विजयी
समानुपातिक मत
अनेरास्ववियु: ३३
अखिल (क्रान्तिकारी): ५०
नेवि संघ: १६
३. आदर्श बहुमुखी क्याम्पस गजुरी
सभापतिः अखिल (क्रान्तिकारी) का गणेश पाण्डे विजयी
समानुपातिक मत
एमाले अखिल: ५८
अखिल (क्रान्तिकारी): ६५
नेवि संघ: ३७
४. मछिन्द्र बहुमुखी क्याम्पस धुनीबेसी
सभापतिः अखिल (क्रान्तिकारी) का अनिल उप्रेती विजयी
५. नेत्रावती सामुदायीक क्याम्पस खहरे
सभापतिः अखिल (क्रान्तिकारी) बाट सिता तिमल्सिना विजयी
६. नमुना बागेश्वरी गल्छी
सभापतिः अनेरास्ववियुबाट अन्दाज श्रेष्ठ विजयी