धुनीबेसीको मछिन्द्रमा क्रान्तिकारीका अनिल उप्रेती विजयी

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ५, २०७९

धादिङ । धादिङको धुनीबेसी नगरपालिकामा रहेको मछिन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) का अनिल उप्रेती विजयी भएका छन् । जिल्लाका अन्य क्याम्पसमा एकल लडेको माओवादीको अखिल (क्रान्तिकारी) यस क्याम्पसमा भने एमाले अखिल सँग तालमेल गरेर स्ववियु लडेको हो ।

आज सम्पन्न यस क्याम्पसको स्ववियु चुनावमा अखिल (क्रान्तिकारी) का अनिल उप्रेती ले १०९ मत ल्याई विजयी हुँदा प्रतिद्वन्दी नेवि संघका राजेश भट्टराईले ९६ मत ल्याएका थिए । यो सँगै क्रान्तिकारीको तर्फबाट अजुरीको आदर्श, बेनीघाटको दुबै क्याम्पस र त्रिपुरासुन्दरीको नेत्रावती सामुदायीक क्याम्पसमा सभापति बनेका छन् ।