नेत्रावतीको स्ववियु सभापतिमा क्रान्तिकारीबाट सिता सर्वसम्मत

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन २७, २०७९

धादिङ । यतिबेला देशभरका क्याम्पसहरुमा स्ववियु चुनावको रौनक छ । यहि रौनकको बीचमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको नेत्रावती सामुदायीक क्याम्पसमा अखिल (क्रान्तिकारी) बाट सिता तिमल्सिनालाई सभापति दिनेगरि विद्यार्थी संगठनहरुले सहमति जनाएका छन् ।

सभापति र सह सचिव क्रान्तिकारीले पाउने गरि भएको सहमतिमा नेवि संघ, अनेरास्ववियु लगायत अन्य संगठनहरुको समेत सम्मान जनक स्ववियुमा प्रतिनीधित्व हुनेगरी सहमति भएको बताईएको छ ।

यस्तो भएको थियो नेत्रावतीमा गत स्ववियु चुनाव
नेत्रवती सामुदायिक बहुमुखी क्याम्पस खहरेको गत स्ववियु निर्वाचनमा नयाँ शक्ति र एमाले निकट अखिलले लज्जास्पद हार व्यहोरेका थिए । निर्वाचन सम्पन्न भए सँगै नयाँ शक्ति र एमाले निकट अखिललाई लज्जास्पद तवरले पराजित गर्दै अखिल क्रान्तिकारी र नेविसंघको सयुंक्त प्यानल अध्याधिक मतले विजय भएको थियो । सभापतिमा अखिल क्रान्तिकारीका रामबाबु विष्ट निर्विरोध विजय भएका थिए । सचिवमा नेपाल विद्यार्थी सघंका अनिता खडकले ४० मत, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका गणेश सापकोटाले ४४ मत प्राप्त गरि निर्वाचित भए । त्यस्तै सदस्यहरुमा नेपाल विद्यार्थी सघंका सिमा तिमल्सिनाले ४४ मत, नेपाल विद्यार्थी सघंका सविना घर्तिमगरले ४५ मत, नेपाल विद्यार्थी सघंकै सरस्वति पाण्डेले ४४ मत र अखिल क्रान्तिकारीका पार्वती विकले ४२ मत प्राप्त गरि निर्वाचित भएका थिए । प्रतिद्धन्द्धि अनेरास्ववियु र नयाँ शक्तिका सयुंक्त प्यानलले १-१ मत प्राप्त गरेका थिए ।