धादिङ समाज कोरियाको अध्यक्षमा उत्तम थापा चयन

Avatar photo
Dhadingpost
सोमवार, भदौ ३१, २०८१

धादिङ । धादिङ समाज दक्षिण कोरियाको दशौँ अधिबेशनबाट अध्यक्षमा थाक्रेका उत्तम थापा चयन भएका छन् ।

नव गठित कार्य समितिको सूची
१. अध्यक्षः उत्तम थापा (थाक्रे)
२. बरिष्ठ उपाध्यक्षः रण बहादुर घले (नेत्रावती डवजोङ)
३. उपाध्यक्षः दिपक थापा (गजुरी)
४. महिला उपाध्यक्षः गायत्री थापा (नीलकण्ठ)
५. महासचिवः बिष्णु बि.क. (नीलकण्ठ)
६. सचिवः प्रकाशमान श्रेष्ठ (ज्वालामुखी)
७. कोषाध्यक्षः हरिशरण काप्री (ज्वालामुखी)
८. सह-कोषाध्यक्षः दिपेन्द्र सिम्खडा (गंगाजमुना)
सदस्यहरुः
९. हरिचन्द्र अर्याल (त्रिपुरासुन्दरी)
१०. सुरेन्द्र ठकुरी (त्रिपुरासुन्दरी)
११. अमृत आले (नीलकण्ठ)
१२. सुनिल श्रेष्ठ (नेत्रावती डवजोङ)

समाजको सातौं अधिवेशनले मनोज थापालाई अध्यक्ष बनाएको थियो भने समाजको भने आठौं अध्यक्ष भवानी प्रसाद पौडेल बने, पाँचौं अधिवेशनबाट अध्यक्ष बनेका त्रिपुरासुन्दरी गाउँपालिका जलजलेका सन्तोष अधिकारी छैटौं नवौं अधिवेशनबाट पुन: अध्यक्ष भएका थिए ।

धादिङमा आर्थिक तथा विकास निमार्णमा महत्वपूर्ण सहयोग गर्दै आई रहेको यस समाले २०७६ सालमा गंगाजमुना गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको थियो । यस अघि समाजले धादिङबेसी बसपार्कमा १७ लाख रुपैयाँ खर्चर नमुना अपागंमैत्रि सार्वजनिक शौचालय निर्माण गरेको थियो ।