धादिङ माघ २१ । धादिङ समाज कोरियाको छैटौँ अधिबेशनबाट अध्यक्षमा पुन त्रिपुरासुन्दरी ७ जलजलेका सन्तोष अधिकारी चयन भएका छन् ।
छैटौँ अधिवेशनबाट कार्यसमितिमा चयन हुनेहरुमा वरिष्ठ उपाध्यक्ष मनोज थापा, उपाध्यक्ष रमेश श्रेष्ठ र गंगा लोहनी, महासचिव प्रेम गुरुङ, सचिव अतिज ब. घले र राम ब. आचार्य, कोषाध्यक्ष सुवास सिंखडा र सदस्यहरुमा दिपक थापा काजी, कन्चनश्री आचार्य, दिनेश रिजाल, धुर्ब थापा, रामचन्द्र सिंखडा रहेका छन् ।
एनआरएनए आईसिसि कोरिया प्रतिनिधी प्रकाश धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त भेलामा प्रदेश ३ एकता समाजका अध्यक्ष किस्वर ब्लोन नियोग, एनआरएन कोरियाका उपाध्यक्ष साजन शर्मा र विभिन्न जिल्लाका प्रतिनिधि तथा अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
यसै भेलाको अवसरमा रिदम लाईभ कन्सर्ट ७ सांगीतिक धमाकामा सहयोग गर्ने सहयोगीहरुलाई कदर पत्र हस्तान्तरण, संरक्षक तथा सल्लाहकारहरुलाई सम्मान गरिएको थियो ।