धादिङ समाज दक्षिण कोरियाको अध्यक्षमा भवानी प्रसाद पौडेल चयन

Avatar photo
Dhadingpost
आइतवार, अशोज ३, २०७८

कोरिया असोज ३ । धादिङ समाज दक्षिण कोरियाको ८ औँ अधिवेशन तथा बार्षिक साधारण सभाबाट भवानी प्रसाद पौडेल अध्यक्षमा चयन भएका छन् ।

कोरोना भाईरसको महामाकिो कारण भर्चुअल माध्यमबाट भएको ८ औँ अधिवेशन तथा बार्षिक साधारण सभाबाट थाँक्रे गाउँपालिकाका पौडेल अध्यक्षमा चयन भएका हुन् ।

कोरियाबाट सुवास सिंखडाले दिनुभएको जानकारी अनुसार नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पुर्णमान तामाङ, उपाध्यक्षमा दिनेश रिजाल, महासचिवमा सुमन श्रेष्ठ, सचिवमा प्रकाशमान श्रेष्ठ, कोषाध्यक्षमा कपिल भण्डारी, सह-कोषाध्यक्षमा हरिशरण काप्री, सदस्यहरुमा अनिल थापा मगर र सन्तमान घले, सुरेन्द्र अकौलिया, हरी प्रसाद श्रेष्ठ चयन भएका छन् ।