धादिङ समाज दक्षिण कोरियाको अध्यक्षमा मनोज थापा चयन

Avatar photo
Dhadingpost
शनिबार, माघ ११, २०७६

धादिङ माघ ११ । धादिङ समाज दक्षिण कोरियाको अध्यक्षमा मनोज थापा निर्वाचित भएका छन् ।

हिजो धादिङ समाज दक्षिण कोरियाको शुक्रबार सम्पन्न सातौं साधारणसभाले मनोज थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारण सभाबाट वरिष्ष्ठ उपाध्यक्षमा अजित बहादुर घले, उपाध्यक्षमा दिनेश रिजाल, धुर्ब थापा र राजेन्द्र गौतम, महासचिवमा सुबास सिम्खडा, सचिवमाद्वय शम्भु अधिकारी र हरी बिडारी, कोषाध्यक्षमा आशा बहादुर गुरुङ र सहकोषाध्यक्षमा राम प्रसाद प्याकुरेल रहेका छन् ।

नयाँ बनेको कार्य समिति सदस्यमा अमर बहादुर घले र सुरेन्द्र ईटनी चयन भएका छन् ।

साधारण सभा दक्षिण कोरियाको राजधानी सउल , दोङदेमुन स्थित आगमन रेष्टुरेन्टको सभा हलमा भएको थियो ।