धादिङको १३ औं राष्ट्रपति रनिङ शिल्डको सम्पूर्ण नतिजा

Avatar photo
Dhadingpost
बुधबार, माघ १७, २०८०

धादिङ । धादिङको सदरमुकाममा जिल्ला खेलकुद विकास समिति धादिङले अन्तर पालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको छ ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार प्रतियोगितामा नीलकण्ठ नगरपालिका २४ स्वर्ण १३ रजत र ३ काश्य पदक प्राप्त गर्दै प्रथम बनेको छ । थाक्रे गाउँपालिका ७ स्वर्ण ३ रजत र १२ काश्य पदक ल्याउँदै दास्रो बन्यो भने गजुरी ६ स्वर्ण ६ रजत र १२ काश्य पदक सहित तेस्रो बन्दा ज्वालामुखी ६ स्वर्ण २ रजत र ३ काश्य पदक सहित चौंथो बनेको छ ।

यसैगरी रुबिभ्याली ३ स्वर्ण ७ रजत र ३ काश्य पदक सहित पाचौं, गल्छी ३ स्वर्ण ३ रजत र ७ काश्य पदक ल्याउँदै छैटौं बनेको छ । गंगाजमुनाले २, बेनीघाट रोराङले २ र खनियाबाससले १ पदक स्वर्ण जित्दा धुनीबेसी नगरपालिका, त्रिपुरासुन्दरी र नेत्रावती डवजोङ स्वर्ण पदक विहिन बने ।

गत वर्षको १२ औं राष्ट्रपति रनिङ शिल्ड विजेता समेत रहेको नीलकण्ठ नगरपालिकाले यो वर्षको रनिङ शिल्ड पनि आफ्नो पक्षमा बनाएको छ, भने ११ औं राष्ट्रपति रनिङ शिल्ड विजेता धुनीबेसीले यो १३ औ प्रतियोगितामा १ वटा पनि स्वर्ण जित्न सकेन यस्तै १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता बेनीघाट रोराङले यो प्रतियोगितामा हाल सम्म २ स्वर्ण मात्रै हात पार्यो ।

बिधागत सम्पूर्ण नतिजा