गजुरीद्वारा नगद सहित विजेता खेलाडीलाई सम्मान

Avatar photo
Dhadingpost
बुधबार, माघ १७, २०८०

धादिङ । धादिङबेसीमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ६ स्वर्ण ६ रजत र १२ काश्य पदक सहित तेस्रो बनेको गजुरी गाउँपालिकाले नगद सहित खेलाडी सम्मान गरेको छ ।

तेक्वान्दो प्रशिक्षक धनबहादुर तामाङका अनुसार गजुरी गाउँपालिकाले प्रथम ५ हजार दोश्रो ३ हजार र तेश्रो २ हजारका दरले सम्मान गरेको हो ।