ब्लुमिङ लोटसका दुई खेलाडीले जिते ३–३ स्वर्ण

Avatar photo
Dhadingpost
बुधबार, माघ १७, २०८०

धादिङ । थाक्रे गाउँपालिका ८ स्थित ब्लुमिङ लोटस बोर्डिङका दुई खेलाडीले धादिङबेसीमा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३–३ स्वर्ण पदक जितेका छन् ।

आयुष खतिवडाले १०० मिटर दौड, २०० मिटर दौड र ४ इन्टु १०० रिले दौडमा र रोजन श्रेष्ठले ट्रीपल जम्प, हाई जम्प र ४ इन्टु १०० रिले दौडमा ३–३ स्वर्ण पदक जित्न सफल भएका हुन् ।

यस प्रतियोगितामा थाक्रे गाउँपालिका ७ स्वर्ण ३ रजत र १२ काश्य पदक ल्याउँदै दास्रो बनेको छ ।