धादिङको दशाैं राष्ट्रपति रनिङ शिल्ड २३ स्वर्ण पदक सहित बेनीघाट राेराङले जित्याे

Avatar photo
दिपेश कडेल
शुक्रबार, बैशाख १०, २०७८

धादिङ बैशाख १० । जिल्ला खेलकुद विकास समिति धादिङको अायाेजना र चन्द्राेदय मावि विशालटारकाे व्यवस्थापनमा भएकाे जिल्ला स्तरीय १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता बेनीघाट राेराङ गाउँपालिकाले जितेकाे छ । धादिङका १३ स्थानीय तह मध्ये ५ स्थानीय तहले भाग लिएको यस प्रतियाेगितामा बेनीघाट राेराङले २३ स्वर्ण, १३ रजत र १० कास्य पदक सहित प्रथम भएकाे हाे । यस्तै धुनीबेसी नगरपालिका ९ स्वर्ण, ४ रजत र ६ कास्य सहित दितिय, गल्छी गाउँपालिकाले ५ स्वर्ण, ९ रजत र ६ कास्य पदक जित्दै तृतिय स्थान पक्का गरेकाे छ । यसै गरि छात्र भलिबल तर्फ विजयी बनेकाे खनीयावास गाउँपालिका ४ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित चाैथाे र छात्र भलिबलमा दितिय बनेकाे रूबीभ्याली गाउँपालिकाले १ रजत र २ कास्य पदक जित्दै पाचौं भएकाे छ । विजेता गाउँपालिका, विद्यालय र खेलाडीलाई जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंङ तामाङ, खनियाबास गाउँ पालिकाका प्रमुख रणबहादुर तामाङ, बेनीघाट राेराङका शिक्षा अधिकारी बाेदराज पाठकले नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । यस्ताे खेल नतिजा