धुनीबेसीले जित्यो, धादिङको ११ औं राष्ट्रपति रनिङ शिल्ड

Avatar photo
Dhadingpost
मङ्लबार, असार २१, २०७९

धादिङ । धादिङको धुनीबेसी नगरपालिकाले धादिङ जिल्ला स्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड जित्न सफल भएको छ । विभिन्न खेल विधाको गोल्ड मेडलको आधारमा सहभागि टिम मध्य सबै भन्दा धेरै १५ गोड मेडल ल्याई ११ औं राष्ट्रपति रनिङ शिल्ड धुनीबेसीले जितेको हो ।

यस्तै अंक स्कोरको आधारमा नीलकण्ठ नगरपालिका १४ अंक सहित दितिय भएको छ भने १० औं राष्ट्रपति रनिङ शिल्डको विजेता बेनीघाट रोराङले ११ औं रनिङ शिल्ड मात्रै गुमाएन दोस्रो स्थान समेत गुमाएर तेस्रो स्थानमा झर्न वाध्य बन्यो । तेस्रो स्थान सुरक्षित गरेको बेनीघाट रोराङले ८ गोल्ड मेडल ल्याएको थियो ।

छात्र भलिबलमा रुबीभ्याली प्रथम
११ औं राष्ट्रपति रनिङ शिल्ड अन्तरगत पुरुष भलिबलमा रुविभ्याली प्रथम हुन सफल भएको छ । ज्वालामुखी सँग फाईनल खेलेको रुबीभ्यालीले कठिन जित निकालेको हो । ज्वालामुखीले पहिलो सेट जितेर दवावमा राखेको रुबीभ्यालीले दोस्रो सेट जितेर बराबरी बनायो । तेस्रो सेट ज्वालामुखीले जित्दा रुविभ्याली थप दवावमा परेको थियो त्यसपछिको दुईसेट लगातार जितेर पुरुष भलिवलको उपाधि रुबीभ्यालीले चुमेको हो । यस्तै पुरुष भलिबल तर्फ सिद्धलेकलाई पराजित गर्दै खनियाबास गाउँपालिका तेस्रो बन्न सफल भएको थियो । छात्रा भलिबलमा नीलकण्ठ नगरपालिकाले प्रथम हुँदा, दास्रो सिद्धलेक गाउँपालिका र बेनीघाट रोराङ तृतिय भएका थिए ।

जिल्लाका ६ वटा पालिकाको टिमले भाग लिएको यस प्रतियोगितामा तेक्वान्दो तर्फको सबै (६ वटा) गोल्ड मेडल नीलकण्ठ नगरपालिकाबाट छनोट भएर आएका खेलाडीहरुले जितेका छन् । नीलकण्ठ नगर पालिकाका छात्राहरु ४२ केजी तर्फ स्वस्तिका लामा, ४४ केजी तर्फ आशिका तामाङ, ४६ केजी तर्फ शान्ति कुमाल र छात्र तर्फ ४५ केजी तर्फ राजु तामाङ, ४८ केजी तर्फ सुमन घले र ५१ केजी तर्फ पावल तामाङ गोल्ड मेडल जित्दै प्रदेशका लागि छनोट भएका छन् ।

यस्तै नीलकण्ठ नगरपालिकाबाट कराँतेमा छात्र तर्फ पृथ्वी तामाङ, मनोज श्रेष्ठ, एकल कातामा मनोज श्रेष्ठ र छात्रा तर्फ सुसी तामाङ, कराँते छात्र तर्फमा धुनीबेसीका मनिश तामाङ र छात्रा तर्फ आरती तामाङ, सुनिता तामाङ, एकल कातामा सुनिता तामाङले गोल्ड मेडल जित्दै प्रदेशका लागि छनोट भएका छन् ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको सभापतित्वमा भएको प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो