स्वास्थ्यकर्मी सहित राष्ट्रपति रनिङ शिल्डमा सहभागि बेनीघाट रोराङ

Avatar photo
Dhadingpost
मङ्लबार, असार २१, २०७९

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा जारी जिल्ला स्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेनीघाट रोराङले स्वास्थ्यकर्मी सहित खेलाडीलाई सहभागि गराएको छ ।

१० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा को विजेता बेनीघाट रोराङले यस पटक पनि जितको लक्ष्य सहित प्रतियोगितामा सहभागि भई रहेको छ । खेलाडीको स्वास्थ्यलाई ख्याल गर्न रोराङले स्वास्थ्यकर्मी समेत ल्याएपछि अन्य पालिकाबाट आएका खेलाडीलाई पनि फाईदा पुगेको छ ।

बेनीघाट रोराङको खेल शिक्षक बनेर देवाज घलाल र आशा चाम्लिङ राई आएका छन् । उनीहरुका अनुसार यो पटक पनि रनिङ शिल्ड जितेर ल्याउने गरि गाउँपालिकाले विदाई गरेर पठाए पनि विद्यार्थीले अपेक्षा गरे अनुसार खेल्न सकेका छैनन् ।

  • यस्तो थियो दशौं राष्ट्रपति रनिङ शिल्ड धादिङको नतिजा

अहिले सम्मका नतिजा आएका खेलको अंक स्कोर अनुसार धुनीबेसीले १३, नीलकण्ठले १० र बेनीघाट रोराङले ७ गोल्ड मेडल जितेका छन् । सबै खेलको नतिजा आज दिउँसो आई सक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा रुबीभ्याली, खनियाबास, नीलकण्ठ, सिद्धलेक, ज्वालामुखी, बेनीघाट रोराङ र धुनीबेसी नगरपालिकाले सहभागिता जनाएका छन् ।