
धादिङ । धादिङबेसीमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि आफ्ना खेलाडीहरुको खर्च व्यवस्थापनका लागि धुनीबेसीले कर्मचारी नै खटाएर पठाएको छ भने ज्वालामुखी गाउँपालिकाले आफ्ना खेलाडीहरुलाई जर्सी समेत नदिएको पाईएको छ ।
धुनीबेसी नगरपालिकाले कर्मचारी केशब बहादुर महरा सहित सबै इभेन्टका खेल प्रशिक्षक समेत पठाएको खेल प्रशिक्ष दिपेन्द्र रेग्मीले बताए । सबै विधामा गरेर धुनीबेसीबाट ७५ जना खेलाडी सहभागि छन् । अहिले सम्मको अंक स्कोरको आधारमा १३ गोल्ड मेडल सहित धुनीबेसी अग्रस्थानमा छ भने नीलकण्ठ १० र बेनीघाट रोराङ ७ गोल्ड मेडलमा छन् ।
धादिङको उत्तरी क्षेत्रका दुई पालिकाहरु रुबीभ्याली र खनियाबासका अध्यक्ष स्वयम खेल मैदानमा उपस्थित जनाएर आफ्ना खेलाडीहरुको मनोबल बढाएको देखिन्थ्यो भने सिद्धलेक गाउँपालिकाका प्रमुख र उप प्रमुख आफै उपस्थित भएर खेलाडी छनोट गरि प्रतियोगितामा पाठाएका थिए ।
- स्वास्थ्यकर्मी सहित राष्ट्रपति रनिङ शिल्डमा सहभागि बेनीघाट रोराङ
- यस्तो थियो १० औं राष्ट्रपाति रनिङ शिल्डको नतिजा
गजुरी, गल्छी, थाँक्रे, त्रिपुरासुन्दरी, गंगाजुमना र नेत्रावती डवजोङले प्रतियोगितामा सहभागिता नै जनाएनन् भने ज्वालामुखीले खेलाडी त पठायो तर खर्च व्यवस्थापन नगरेको खेलाडीहरुले गुनासो पोखेका छन् ।
ज्वालामुखीका एक खेलाडीले धादिङपोष्टलाई भने ज्वालामुखीबाट सहभागि हुने खेलाडीहरुलाई यसअघि पनि खर्च व्यवस्थापन भएको थिएन र अहिले निर्वाचित नयाँ जनप्रतिनीधि आएपछि पनि खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तन भएन । हामी आफैले ड्रेस किनेका हौं र आफ्नै पैसामा खाना/खाजा खाएर ज्वालामुखीबाट खेली रहेका छौं ति खेलाडीले बताए ।