नीलकण्ठ नगरपालिकाले जित्यो धादिङको १२ औं राष्ट्रपति रनिङ शिल्ड

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २६, २०७९

धादिङ । धादिङ जिल्ला स्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नीलकण्ठ नगरपालिकाले जितेको छ । नीलकण्ठ नगरपालिकाले २० स्वर्ण, ११ रजत र १५ कास्य गरी ४६ पदक जित्दै जिल्ला स्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेको हो ।

यस्तै ११ औं राष्ट्रपति रनिङ शिल्डको विजेता धुनीबेसी नगरपालिकाले भने यो पटक २५ पदकमा सिमित हुँदा ८ स्वर्ण, ९ रजत र ८ कास्य गरी २५ पदक मा रोकिदा दोस्रो हुन पुग्यो । १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता बेनीघाट रोराङ भने १२ औं संस्करणमा आईपुग्दा १९ पदक ( स्वर्ण ५, रजत ६ र कास्य ८) तृतिय स्थानमा झरेको छ ।

१२ औं राष्ट्रपति रनिङ शिल्डको नतिजा

  • नीलकण्ठ २० स्वर्ण, ११ रजत र १५ कास्य
  • धुनीबेसी ८ स्वर्ण, ९ रजत र ८ कास्य
  • बेनीघाट रोराङ स्वर्ण ५, रजत ६ र कास्य ८
  • गजुरी ३ स्वर्ण, ४ रजत र ६ कास्य
  • थाक्रे ३ स्वर्ण, २ रजत र १ कास्य
  • ज्वालामुखी २ स्वर्ण, १ रजत र २ कास्य
  • खनियाबास २ स्वर्ण, १ कास्य
  • त्रिपुरासुन्दरी १ स्वर्ण, ३ रजत र २ कास्य
  • सिद्धलेक ५ रजत, ४ कास्य
  • रुबीभ्याली १ रजत
  • गल्छी १ कास्य

फागुन २३ गते देखि २५ गते सम्म जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा गजुरी गाउँपालिकाको व्यवस्थापनमा गलौंदी खेल मैदानमा भएको उक्त १२ औं रिाष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार एक समारोहका बीच पुरस्कार वितरण सँगै समापन भएको छ । प्रतियोगिता भव्य र उत्कृष्ट बनाउन सहयोग गर्ने सबैमा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ बधाई दिएका थिए ।