थाक्रेले विजेता खेलाडीलाई क्रमशः १५, १० र ५ हजार सहित सम्मान गर्ने

Avatar photo
Dhadingpost
बुधबार, माघ १७, २०८०

धादिङ । धादिङबेसीमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ७ स्वर्ण ३ रजत र १२ काश्य पदक ल्याउँदै दास्रो बनेको थाक्रे गाउँपालिकाले थाक्रेका विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भएको छ ।

पालिकाले प्रथम हुने खेलाडीलाई १५ हजार, दोस्रो हुने खेलाडीलाई १० हजार र तृतिय हुने खेलाडीलाई ५ हजारका दरले सम्मान गर्न लागेको हो । पालिकाको यो घोषणा सँगै ३–३ स्वर्ण विजेता ब्लुमिङ लोटस बोर्डिङका आयुष खतिवडा र रोजन श्रेष्ठले ४५–४५ हजार पाउने भएका छन् भने सृजना श्रेष्ठले २५ हजार, प्रजिना तामाङले १५ हजार र कबड्डी छात्रा र छात्र दुबैमा तृतिय बनेका थाक्रेका खेलाडीले ५–५ हजार पाउने भएका छन् ।

थाक्रेका पदक जित्ने खेलाडीहरु
स्वर्णः
आयुष खतिवडा- १०० मिटर, २०० मिटर दौड छात्र
सिर्जना श्रेष्ठ- सटपुट छात्रा
रोजन श्रेष्ठ- हाइजम्प, ट्रिपल जम्प छात्र
प्रजिना तामाङ- ट्रिपल जम्प छात्रा
४x१०० रिले छात्र- आयुष खतिवडा, समिर थापा, सुमित तामाङ र रोजन श्रेष्ठ

रजतः
सिर्जना श्रेष्ठ- ज्यावलिङ थ्रो छात्रा
सचिना सिं ठकुरी- सटपुट छात्रा
सुस्ता डोल्मा लामा- ४९ केजी छात्रा तेक्वान्दो

कास्यः
प्रकाश तामाङ- १५०० मिटर
जस्मिला तामाङ- ४०० मिटर
४x४०० रिले छात्राः जस्मिला तामाङ, रोजिमाया तामाङ, नमूना कोइराला, अस्मिता रेग्मी
सन्ध्या न्यौपाने- ४२ केजी छात्रा तेक्वान्दो
किर्ति थापा मगर- पुम्से छात्रा तेक्वान्दो
कुशल थापा- पुम्से छात्र तेक्वान्दो
आशिस थापा- ५१ केजी छात्र तेक्वान्दो
निराजन राई- ५५ केजी छात्र तेक्वान्दो
संजित राई- ५८ केजी छात्र तेक्वान्दो
सन्तोष तामाङ- ४५ केजी छात्र तेक्वान्दो
कबड्डी छात्राः सरस्वती तामाङ, बिनु राई, शर्मिला तामाङ, दिपाशा लामा, सरिता वाइबा, सहारा आले मगर, गोमा खत्री, अनिशा तामाङ, करूणा गुरूङ, सुस्मिता खड्का
कबड्डी छात्रः धावा तामाङ, अहमद विलाल मिया, रबिन तामाङ, रञ्जित तामाङ, सरोज तामाङ, रोशन तामाङ, विजय लामा, सुगम गजुरेल, सिजन रिजाल