कांग्रेसका निवर्तमान सिद्धलेक सभापति रामशरण गिरी रास्वपामा प्रवेश

Avatar photo
Dhadingpost
अशोज ३०, २०८३

धादिङ । नेपाली कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

धादिङको सलाङ इटपानीमा आयोजित दसैँ विशेष शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा गिरी रास्वपामा प्रवेश गरेका हुन् ।

गगन थापा नेतृत्वको नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिसमेत रहेका गिरीले गाउँ अधिवेशनमा जिल्ला नेतृत्वले पार्टी विधानविपरीत हस्तक्षेप गरेको आरोप लगाउँदै पालिका अधिवेशन र क्षेत्रीय अधिवेशनसमेत बहिष्कार गरेका थिए ।

रास्वपा धादिङका नेता मिलन डल्लाकोटीका अनुसार दसैँ विशेष शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा सांसद बोधनारायण श्रेष्ठ, जिल्ला सभापति राजन अर्याललगायतका नेताहरूको उपस्थिति रहेको थियो ।