धादिङमा जनताको घर-घरमा पुग्न थाले माओवादी कार्यकर्ता

Avatar photo
Dhadingpost
शनिबार, भदौ २३, २०८०

धादिङ । माओवादीले तीन महिने ‘जनतासँग माओवादी: विशेष रूपान्तरण’ अभियान सुरु गरेको आज एक साता पुरा भएको छ । विगतका अभियान भन्दा पृथक ढंगबाट सुरुभएको अभियानले जनतामा एक किसिमको सामित्यता कायम गरेको देखिन्छ ।

खेलकुद (फुटबल, पौडी, दौड ), विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान, सरसफाई र सहिद परिवार सम्मानबाट सुरुभएको माओवादी अभियान अहिले जनताको घरदैलोमा पुग्न थालेको देखिन्छ । अभियानका क्रममा धादिङमा १ लाख मतदाता भेट्ने, पार्टी सदस्यता २४ हजार पुर्‍याउने लक्ष्य राखेको माओवादी कार्यकताहरु यतिबेला जिल्लाका १०४ वटै वडामा क्रियाशिल छन् । जनताको घर दैलोमा मात्रै सिमित देखिदैनन् माओवादी कार्याकर्ताहरु जनताको आधारभूत समस्यामा मल्हम बन्ने, खेतबारीमा सघाउने, नमुना कृषि फर्महरु अवलोकन गर्ने सँगै पार्टीको विचार समेत स्थानीयहरुलाई सुनाउने गरेका छन् ।

बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया विवेक आफू पालिका अध्यक्ष भए पनि माओवादी कार्यकर्ता हुँ पार्टीको अभियानमा सँग जोडिन पाउँदा जनताको घरघर पुग्ने जनताका समस्याहरु गौण रुपमा अध्ययन गर्न पाएको बताउँ छन् । जनताका समस्या माओवादीले नै हो हल गर्ने चाहाँदा हुँदा हुँदै पनि जनताका कयन समस्या निकरण गर्न नसकिएको बताउँदै उनले हामी माथि देखि तल सम्म नेता कार्यकर्ताहरु रुपान्तरित हुँदै छौं । हाम्रा कमिकमजोरीहरु जनताले थाहा पाउने गरि सच्याउने प्रतिवद्धता उनी गर्दछन् ।

अभियानमा माओवादी धादिङले ६ हजार नेता कार्यकर्ता अभियानमा परिचालन गरेको जिल्ला संयोजक मनराज भण्डारी बताउँ छन् । भियनामा जिल्ला इन्चार्ज शालिकराम जम्कट्टेल सहित जिल्ला बाहिरबाट केन्द्रीय सदस्यहरु कन्चन खनाल, पुर्ण प्रसाद दवाडी, अप्सरा सिंखडा, शिव कोईराला, सन्तोष बिस्ट, ऋषि काफ्ले केन्द्रीय आयोग, सुरेन्द्र भुजेल, विशेष प्रदेश अध्यक्ष जगत ब. सिंखडा, बागमती प्रदेश समिति कोषाध्यक्ष संगिता भट्टराई समेत धादिङको अभियानमा सहभागि रहेको संयोजक भण्डारीले बताए ।

धादिङका नेता जिल्ला बाहिरको अभियानमा

अभियान अवधीभर धादिङका नेताहरु केन्द्रिय सदस्यहरु तर्फ मोहन कार्की काठमाडौं, पुष्पविक्रम मल्ल अभियान अनुगमन नुवाकोट र रसुवा, शालिकराम जम्कट्टेल बागमतीका सबै जिल्ला, कल्पना धमला काठमाडौं, रामबहादुर भण्डारी नुवाकोट तादी र बागमती प्रदेशका सह सचिव दलबहादुर बुलाकोटी मकवानपुरगढीमा रहने छन् ।