धादिङमा माओवादी अभियान सुरु, १ लाख मतदाता भेट्ने, पार्टी सदस्यता २४ हजार पुर्‍याउने

Avatar photo
Dhadingpost
आइतवार, भदौ १७, २०८०

धादिङ । नेकपा माओवादी केन्द्र धादिङले विभिन्न आकर्षक कार्यक्रमका बीच शनिबार जिल्लाका १०४ वटै वडामा तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान उद्घाटन गरेको थियो ।

अभियना उद्घाटन भए सँगै माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक मनराज भण्डारीले यो तीन महिने अभियानको अवधिमा धादिङका १ लाख मतदातालाई भेट्ने र १४ हजार पार्टी सदस्यमा १० हजार थपेर २४ हजार पुर्‍याईने लक्ष्य राखिएको धादिङपोष्टलाई बताए ।

‘जनतासँग माओवादी स् विशेष रूपान्तरण’ अभियान विशेषत पार्टी सुदृढीकरणका लागि हो । हरेक वडा स्तरमा जनताको दैलोमा पुग्ने तालिका रहेका बनाएका छौं उनले भने ।

पार्टीको कमजोर भएको जनसम्बन्ध बलियो बनाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने आशा राखेका छौं । ‘जनतामा छाएको निराशालाई हटाउन हाम्रो अभियानले भूमिका खेल्छ।’ माओवादीले मात्रै समृद्ध नेपाल निर्माण गर्न सक्ने हुँदा जनताकोमा गएर जनसम्बन्ध बढाउँछौं संयोजक भण्डारीले बताए ।

शनिबार भएको अभियान उद्घाटन विगतका अभियान भन्दा प्रिथक देखिन्थे । अधिकांश वडामा सरसफाई र केहि वडाले प्रर्यटन प्रवर्धका लागि फुटबल, दौंड, पौडीसहिद परिवार सम्मान गर्दै अभियान उद्घाटन गरेका थिए ।

तीन महिने अभियान ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ भदौं १६ बाट मंसिर १६ सम्म चल्ने छ ।