माओवादी बेनीघाट रोराङ १० द्वारा सहिद परिवार भेटघाट गरि अभियान उद्घाटन

Avatar photo
Dhadingpost
शनिबार, भदौ १६, २०८०

धादिङ । माओवादी केन्द्र बेनीघाट रोराङ १० ले सहिद परिवार भेटघाट गरि ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ उद्घाटन गरेको छ ।

माओवादी केन्द्र धादिङका नेता तथा बेनीघाट गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले सहिद परिवारहरुलाई भेटघाटको क्रममा पार्टीको तर्फबाट राहत सामाग्री वितरण गरि अभियान उद्घाटन गरेका हुन् ।

बेनीघाट रोराङमा जनयुद्धमा सहदत प्राप्त गर्ने २४ जना र वेपत्ता २ जना छन् ।