पाल्पा भञ्ज्याङका किसान बर्षेनी यस्तै जुलुस निकाल्न विवस

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ १२, २०८०

धादिङ । विगत केहि वर्ष देखि धादिङबेसी सदरमुकाम नजिकै पर्ने नीलकण्ठ नगरपालिका ९, पाल्पा भञ्ज्याङका किसान फोटोमा देखाए जस्तै आन्दोलन गर्न विवस छन् । बाँदरले सधैं अन्नबाली नोक्सान गरिदिने गरेको भन्दै आन्दोलन गरेका पाल्पा भञ्ज्याङका किसानले ०७४ सालमा क्षेति वापत नगरपालिका सँग १५ हजार बुझेर फर्केका थिए । ०७२ सालमा पनि यस क्षेत्रका किसानले आन्दोलन गरेपछि बाँदर लखेट्न वन कार्यलयले किसानलाई १५ हजार दिएको थियो । त्यसपछि हरेक साल यसै समयमा बाँदरले कोपरेको मकैंको बोटको माला लगाएर धादिङबेसी पुछारबजारबाट र्‍याली गर्दै त्यस क्षेत्रका किसान नीलकण्ठ नगरपालिका पुग्ने गर्दछन् ।

हरेक साल उनीहरुको एउटै गुनासो हुन्छ, बाँदरले मकैबाली नष्ट गरेर हैरान छौं । बाँदर नियन्त्रणको लागि ध्यानकर्षण गराउन चाहान्छौं । उनीहरुले जालमा पारेर बाँदर समाउन प्रति बाँदर २५ सय दिने सहमतिमा खोटाङ दिक्तेलबाट तालिम प्राप्त ५ जना सिकारी समेत ल्याएका थिए तर यो उपाय पनि प्रभावकारी भएन ।

किसानहरुले बाँदरले बालीनाली, घरका फलफुल समेत खाएर नोक्सान गरि परिवार पाल्न गाह्रो भएको भन्दै बाँदर मार्न अनुमति माग गर्दै आएका छन् । तर प्रशासनले भने बाँदको बाँच्न पाउने अधिकार हनन् गर्ने अधिकार छैन । त्यसैले मार्न अनुमति दिने कुरानै भएन, सकिन्छ भने संरक्षण पर्ने भन्दै फर्काउने गरेको छ । फोटो सौजन्य: नवराज दुवाडी