घरको नक्शा पास गर्दा नैं एक घर एक बिरुवा रोपण

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २२, २०८१

हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेलले शुक्रबार ७८ बुँदे भावी कार्यदिशा तथा प्रतिवद्धता सार्वजनिक गर्दै अब बागमती प्रदेशले स्थानीय सरकारको सहकार्यमा घरको नक्सा पास गर्दा एक घर एक विरुवा रोपण गर्नु पर्ने जनाएका छन् ।

हरित शहर हरियाली क्षेत्र निर्माणका लागि स्थानीय तह सँगको सहकार्यमा घरको नक्शा पास गर्दा नै ‘एक घर एक बिरुवा रोपण’ कार्यक्रम सञ्चालन गरिने मन्त्री पोखरेलले जनाएका हुन् । उनले आगामी वर्षमा कम्तीमा ५० वटा सामुदायिक वन समूहको कार्ययोजनालाई सिल्भिकल्चर प्रणालीमा आधारित दीगो वन व्यवस्थापन अनुरुप पुनरावलोकन, संशोधन तथा नविकरण गरी कार्यान्वयन गरिने बताएका छन् ।

उनको प्रतिवद्धतापत्रमा समय सापेक्ष वन ऐन, नियमावली, वातावरण ऐन, वातावरण नियमावली र नीतिहरु तयार गरिने उल्लेख छ । त्यस्तै बागमती प्रदेशका सबै जिल्लामा वन पैदावारको सहज आपूर्तिको लागि सबै जिल्लाहरुमा जिल्ला वन पैदावार आपूर्ति समिति गठन गरिने बताए । अतिक्रमण नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन कार्यविधि निर्माण गरी लागु गरिने उनको भनाई छ ।