बेनीघाट रोराङमा विषयगत शिक्षकहरुको भेला सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २२, २०८१

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा अंग्रेजी, नेपाली, गणितको विषयगत शिक्षकहरुको भेला सम्पन्न भएको छ भेलाले गाउँ पालिकास्तरीय विषयगत समिति पूनर्गठन समेत गरेको छ ।

भेलाले अङ्ग्रेजी बिषय समिति संयोजकमा पिपल भञ्ज्याङ माविका कुल बहादुर पौडेल, गणित विषय समिति संयोजकमा चन्द्रोदय मावि बिशालटारका गोकर्ण कुमार श्रेष्ठ र सामाजिक विषय समिति संयोजकमा चन्द्रोदय मावि बिशालटारका रमेश रेग्मी चयन गरेको छ ।

हरेक विषयगत समितिलाई गाउँपालिकाले ३० हजार कार्यशाला र सिकाइ उपलब्धि वृद्धिदरमा सहयोग गरेको तिलक चेपाङले जानकारी दिए ।