धादिङ सेवा समाज कतारको अध्यक्षमा रामहरि श्रेष्ठ, १५ सदस्यीय नयाँ कार्यसमिति चयन

Avatar photo
Dhadingpost
अशोज १७, २०८३

कतार । ‘धादिङ सेवा समाज कतारको मूल मर्म, समाजसेवा नै हो मानवीय प्रमुख धर्म’ भन्ने नाराका साथ सन् २००१ मा स्थापना भएको धादिङ सेवा समाज कतारको आठौँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

अधिवेशनले रामहरि श्रेष्ठको अध्यक्षतामा २०२६–२०२८ कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

अधिवेशन धादिङ सेवा समाज कतारका कार्यवाहक अध्यक्ष तथा सभापति गौतम वाइबा तामाङको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रम समाजका तत्कालीन महासचिव रामहरि श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

अधिवेशनमा बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष तथा समाजका संरक्षक कविन्द्र कँडेल, बागमती प्रदेश समन्वय परिषद्का प्रमुख सल्लाहकार ललित कुमार तामाङ, संरक्षक सागर नेपाल, सल्लाहकार राज देवकोटा, अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खुकुराल, नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठ, एनआरएनए कतारका निवर्तमान अध्यक्ष रमेश भट्ट, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठ, महिला समाज कतारकी अध्यक्ष सुष्मा खतिवडा कटुवाललगायत विभिन्न संघसंस्था तथा जिल्ला संस्थाका प्रतिनिधि, सल्लाहकार र समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

अधिवेशनको दोस्रो सत्रले नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमिति

  • अध्यक्ष: रामहरि श्रेष्ठ
  • प्रथम उपाध्यक्ष: मिलन रानाभाट
  • द्वितीय उपाध्यक्ष: अनिता तामाङ
  • महासचिव: अम्बर वा. गुरुङ
  • सचिव: रमेश इटनी
  • कोषाध्यक्ष: बिनोद गोले गुरुङ
  • सह–कोषाध्यक्ष: राजेन्द्र भण्डारी
  • सदस्य: डम्बर वा. श्रेष्ठ (गणेश)
  • सदस्य: इन्दिरा परियार
  • सदस्य: सुजन तामाङ
  • सदस्य: प्रकाश भुजेल
  • सदस्य: कल्पना काप्री
  • सदस्य: सुरज रोका
  • सदस्य: सुरेन्द्र श्रेष्ठ
  • सदस्य: हरि गुरुङ

कार्यक्रममा स्वागत मन्तव्य, राष्ट्रिय गान तथा ज्ञात–अज्ञात सहिदहरूप्रति मौनधारण गरिएको थियो । कार्यक्रममा विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रममा सहभागी अतिथि तथा कतारमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

धादिङ सेवा समाज कतारको २०८१ भदौमा सम्पन्न सातौँ अधिवेशनबाट नेत्रावती डबजोङ गाउँपालिका–कटुञ्जेका आयुष घले अध्यक्षमा चयन भएका थिए ।