थाक्रेको ज्योति स्कुलमा २५ खेलाडीलाई खेलकुद सामग्री र प्रमाणपत्र हस्तान्तरण

Avatar photo
Dhadingpost
अशोज १८, २०८३

धादिङ । थाक्रे गाउँपालिका–स्थित ज्योति माध्यमिक विद्यालयमा खेलाडीहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा ब्ल्याक बेल्ट प्राप्त खेलाडीहरूलाई प्रमाणपत्र तथा टिसर्टसमेत उपलब्ध गराइएको हो ।

कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, विद्यालयका प्रधानाध्यापक तथा धादिङ जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष विदुर बास्कोटा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयमा तेक्वान्दो प्रशिक्षण लिइरहेका २५ जना खेलाडीलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको जनाइएको छ । ब्ल्याक बेल्ट प्राप्त खेलाडीहरूलाई प्रमाणपत्र र टिसर्टसमेत प्रदान गरिएको थियो ।

खेलाडीहरूलाई आवश्यक खेलकुद सामग्री उपलब्ध गराउँदा नियमित प्रशिक्षण तथा खेल गतिविधिमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।