एमाले नीलकण्ठको अध्यक्षमा काजी श्रेष्ठको उम्मेदवारी घोषणा

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २२, २०८१

धादिङ । यहि बैशाख २४ र २५ गते हुने नेकपा एमाले नीलकण्ठको अधिवेशनमा काजी श्रेष्ठले नगर अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । अनेरास्वियु देखि युवा संघ धादिङको सचिव, संयोजक, राष्ट्रिय युवा संघ धादिङको केन्द्रिय सदस्य हुँदै पार्टीको जिल्ला कमिटि सदस्य समेत भई सकेका उनी गत जिल्ला अधिवेशनमा समेत जिल्ला उप-सचिवमा उम्मेदवारी दिएका थिए ।

जिल्ला अधिवेशनमा लाईन संघर्षका कारण विजयी हुन सकिएन नगर अधिवेशनमा भने लाईन संघर्षको प्रभाव पर्दैन निरन्तर पार्टी संगठनमा जोडिएको कार्यकर्ता हुँ । तसर्थ नगर अध्यक्षमा उम्मेदवारी दिन लागेको उनले धादिङपोष्टलाई बताए । खरो स्वभावका उनले माओवादी र एमाले मिलेर बनेको नेकपा कार्यकालमा नीलकण्ठ नगर कमिटी सदस्यमा मनोनित भएका थिए तर उनले उक्त पद अस्वीकार गरेका थिए ।

नेकपा एमाले नीलकण्ठको अधिवेशनमा सबै वडा, जनवर्गिय संगठन, सम्पर्क मञ्च र आयोजक गरि २ सय १५ भन्दा बढि प्रतिनिधिहरुको उपस्थिति रहने बताईएको छ भने उद्घाटन उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।