बाँदर लखेट्न वन कार्यलयले दियो १५ हजार

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २१, २०७२

धादिङ फागुन २१ । बाँदरले सधैं बालीनाली नोक्सान गरि दिने भन्दै उजुरी परेपछि जिल्ला वन कार्यालय धादिङदे बाँदर धपाउन १५ हजार रकम निकासा गरेको छ ।

धादिङबेसी सदरमुकाम नजीकै रहेको नीलकण्ठ नगरपालिका–८, पाल्पा भन्ज्याङ्गका किसानहरुले स्थानीय प्रशासनमा हरेक वर्ष निवेदन दिने गरेका छन् ।
किसानहरुले बाँदरले बालीनाली, घरका फलफुलसमेत खाएर नोक्सान गरि परिवार पाल्न गाह्रो भएको भन्दै बाँदर मार्न अनुमति माग गर्दै आएका छन्।

‘स्थानीय प्रशासनले जिल्ला वन कार्यालयलाई बोलाएर अन्नबाली पाकुन्जेल बाँदर लखेटने मान्छेलाई पारिश्रमिक भन्दै १५ हजार रकम उपलब्ध गराएको’ निमित्त जिल्ला वन अधिकृत कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
उहाँले बाँदको बाँच्न पाउने अधिकार हनन् गर्ने अधिकार छैन त्यसैले मार्न अनुमति दिने कुरानै भएन सकिन्छ भने संरक्षण गर्नु पर्छ बादरको त्यसैले अहिलेलाई बादर लखेट्न पैसा र्दिको बताउनु भयो ।