१५ हजार बुझेर चुप बसेका किसान फेरि बाँदर विरुद्ध आन्दोलित

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ ३१, २०७४

धादिङबेसी जेष्ठ ३० । बाँदरले सधैं अन्नबाली नोक्सान गरिदिने गरेको भन्दै गत वर्ष फागुनमा आन्दोलन गरेका मुरली भञ्ज्याङका किसानले १५ हजार बुझेर फर्केका थिए ।

तात्कालिन प्रमुख जिल्ला अधिकारीले जिल्ला वन कार्यालय सँग समन्वय गर्न भने पछि जिल्ला वन कार्यालयले बाँदरले पनि बाँच्न पाउने अधिकार मानिसको जत्ति कै छ  मार्ने अनुमति दिन नसकिने बताएको थियो । बाँदर मार्न मिल्दैन बाली नस्ट गर्न नदिने अन्तिम उपाय लखेट्ने हो त्यसका लागि १ जना हेरालु राख्न भन्दै १५ हजार दिएर किसानलाई पठाएको थियो ।

गत वर्ष भन्दा पृथक तर माग एउटै बाँदर विरुद्धको र्याली आज धादिङबेसी सदरमुकाममा प्रदर्शन भएको छ । बाँदरले खाएको मकैका घोगाको माला लगाएका आन्दोलित किसानहरु जिल्ला प्रशासन, जिल्ला कृषि विकास कार्यलय र जिल्ला वन कार्यालय पुगेका थिए । तर कार्यालय प्रमुखहरु भेटेनन् आफ्नो अन्नबाली सुरक्षाको माग राख्दै फर्केका थिए ।

धादिङबेसी सदरमुकाम नजीकै रहेको नीलकण्ठ नगरपालिका–८, पाल्पा भन्ज्याङ्गका किसानहरुले स्थानीय प्रशासनमा हरेक वर्ष निवेदन दिने गरेका छन् । किसानहरुले खेतबारीको रहेको अन्न, घरका फलफुलसमेत खाएर नोक्सान गरि परिवार पाल्न गाह्रो भएको भन्दै यस वर्ष पनि बाँदर मार्न अनुमति माग गरेका हुन् । तस्बीर सौजन्य: नारायण कुमार श्रेष्ठ

गत वर्षको यसै ठाउँका किसानको समाचार
बाँदर लखेट्न वन कार्यलयले दियो १५ हजार