सेर्तुङमा स्वास्थ्य शिविर जारी पहिलो दिन ३२० जनाको चेक जाँच

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २२, २०८१

धादिङ । धादिङको रुवी भ्याली आधारभुत अस्पताल, सेर्तुङमा बिशेषज्ञ सेवा सहित शुक्रबारबाट सुरुभएको निशुल्क स्वास्थ्य शिविर आज सम्म जारी रहने छ । शिविर रुबीभ्याली गाउँपालिकाको आयोजना र धादिङ अस्पतालको प्राविधिक सहयोगमा संचालन गरिएको हो ।

शिविरको पहिलो दिन ३०० जनाको स्वास्थ्य परिक्षण गरिएकोमा ति मध्ये १०७ जनाको भिडियो एक्सरे, १०० जनाको इंसिजि, ३१ जनाको दन्त रोग र अन्य बाँकीलाई जनरल स्वास्थ्य परिक्षण गरिएको जनाईएको छ ।

शिविरमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. गगन अधिकारी, डा. दिनेश रेग्मी, डा. भुषण सुवेदी, डा. अनिल गुरुङ, डा. अनिशा बासुकला लगायतको टिमले सेवा दिईरहेको छ ।