गङ्गाजमुनामा कुकुरलाई रेबिज खोप र बन्ध्याकरण

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २०, २०८१

धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिकामा कुकुरलाई रबिज विरुद्धको खोप र बन्ध्याकरण शिविर सुरु गरेको छ ।

आज र भोली दुई दिन सम्म संचालन गरिने यस शिविरमा १२० कुकुरहरुको बन्ध्याकरण गरिने लक्ष्य राखिएको पशु सेवा शाखाकी प्राबिधिक सहायक निरन्जना चौधरीले धादिङपोष्टलाई बताईन ।

स्थानीयहरुले घरमा पालेको कुकुरहरुलाई पनि शिविरमा ल्याउन आग्रह गरिएको छ । छाडा रहेका कुकुरहरुलाई हामीले नै समाएर ल्याएका छौं । रेबिज विरुद्धको खोप सँगै घाउ, खटिरा, लुतो विरुद्धको खोप लगाउने र बन्ध्याकरण समेत शिबिरमा गरिएको उनले बताईन् ।