धादिङमा बाँदर समाउन ५ जना सिकारी खोटाङबाट ल्याईयो, प्रति बाँदर २५ सय दिने सहमती

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ४, २०७८

धादिङ बैशाख ४ । धादिङको नीलकण्ठ नगरपालिका स्थित मुरलीभञ्ज्याङमा बाँदर समाउन समाएको प्रति बाँदर २५ सय दिने सहमतिमा खोटाङ दिक्तेलबाट तालिम प्राप्त ५ जना सिकारी ल्याईएको छ ।
आफुले मेहनत गरेर लागाएको बाली बाँदरले खाइदिने र नष्ट गरिदिने गरे पछि दिक्क बनेका मुरलीभञ्ज्याङका स्थानीय किसानहरुले समाएको प्रति बाँदर २५ सय दिने सहमतिमा खोटाङ दिक्तेलबाट तालिम प्राप्त ५ जना सिकारी ल्याएका हुन् ।

नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम ढुङ्गानाले किसानले तिर्ने उक्त रकम पछि एक मुस्ट किसानलाई नगरपालिकाले दिने बताए सँगै हाल किसानहरुले नै १-१ हजार उठाएर उक्त बाँदर समाउने सिकारीलाई भुक्तानी दिने सर्तमा ल्याईएको स्थानीय किसानहरु बताउनँ छन् ।

३ दिनको अवधीमा जम्मा ६ वटा बाँदर जालमा पारेर समातिएको छ भने उक्त बाँदर कहाँ लगेर छाडिने, सम्बन्धीत निकायबाट बाँदर समाउने र छाडिने स्थान कहाँ हो ? अनुमति लिए नलिएको केहि खुलेको छैन ।

धादिङबेसी सदरमुकाम नजीकै रहेको नीलकण्ठ नगरपालिका, पाल्पा भञ्ज्याङका किसानहरुले स्थानीय प्रशासनमा हरेक वर्ष निवेदन दिने गरेका छन् । किसानहरुले बाँदरले बालीनाली, घरका फलफुलसमेत खाएर नोक्सान गरि परिवार पाल्न गाह्रो भएको भन्दै बाँदर मार्न अनुमति माग गर्दै आएका छन् । तर प्रशासनले भने बाँदको बाँच्न पाउने अधिकार हनन् गर्ने अधिकार छैन । त्यसैले मार्न अनुमति दिने कुरानै भएन सकिन्छ भने संरक्षण पर्ने भन्दै फर्काउने गरेको छ । फाईल तस्वीरः न्यूज संचारबाट लिईएको हो ।