कृषि कर्म तिर रेडक्रसकर्मी नारायण कुमार श्रेष्ठ

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २१, २०८१

धादिङ । विनासकारी भूकम्प पछि एम्बुलेन्स अंकलको नाममा परिचित नारायणकुमार श्रेष्ठ कृषि कर्म तिर लागेका छन् । सामाजिक अभियान्तका रुपमा चिनिएका उनी यतिबेला कृषि फर्म तयारीमा जुटेका छन् ।

नेपाल रेडक्रसस सोसाईटी जिल्ला शाखा धादिङका कोषाध्यक्ष समेत रहेको श्रेष्ठले सामासजिक क्षेत्रमा योगदानका कारण दर्जन भन्दा बढी सम्मान समेत पाईसकेका छन् । सामाजिक क्षेत्रमा मेरो योगदान निरन्तर रहन्छ, यो सँगै बेमौषमी तरकारी खेतीका लागि नागजी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्म मार्फत काम गर्न लागेको उनी बताउँछन् ।

उनको यो कृषि कर्मका लागि कृषि ज्ञानकेन्द्रले ३ लाख ३५ हजार अनुदान समेत विनियोजन गरेको छ । अहिले ठुलो भोलुममा काम गर्न लागेको हैन । ५ लाखको टनेल निमार्ण हुँदैछ त्यसमा वेमौसमी खेती लगाउँछु उनले भने ।