धादिङ । नीलकण्ठ बहुमुखी क्याम्पस नेवि संघको पकड रहेको क्याम्पसका रुपमा चिनिन्छ । विगतका स्ववियु निर्वाचनको नतिजा पनि नेवि संघले नै आफ्नो पक्षमा पर्दै आएको थियो । यो पटकको निर्वाचन आज भर्खरै सकिएको छ । १ हजार ८० मतदाता विद्यार्थी रहेको यस निर्वाचनमा जम्मा ६६८ जनाले मात्रै मतदान गरेका छन् । अब केहि बेरमा मत गणना हुने बताईएको छ ।
सभापतिमा नेवि संघका कविराज श्रेष्ठ, अखिल (क्रान्तिकारी) बाट श्रीकृष्ण रिजाल र एमाले निकट अनेरास्ववियुबाट आमोस थापा तामाङ प्रतिपर्धामा छन् । धादिङमा अहिले सम्म ६ वटा क्याम्पसको स्ववियु चुनाव सकिँदा क्रान्तिकारीले ५ वटामा सभापति आफ्नो पक्षमा पार्न सफल भएको छ भने एमाले अनेरास्ववियुले १ वटा क्याम्पसमा जीत हासिल गरेको छ ।
अहिले सम्मको नतिजा
१. चन्द्रोदय बहुमुखी क्याम्पस विशालटार
सभापतिः अखिल (क्रान्तिकारी) का सञ्जित सुवेदी विजयी
समानुपातिक मत
एमाले अखिल २१
अखिल (क्रान्तिकारी): ९२
नेवि संघ ६१
२. जय बागेश्वरी क्याम्पस मलेखु
सभापतिः अखिल क्रान्तिकारीका नवराज त्रिपाठी विजयी
समानुपातिक मत
अनेरास्ववियु: ३३
अखिल (क्रान्तिकारी): ५०
नेवि संघ: १६
३. आदर्श बहुमुखी क्याम्पस गजुरी
सभापतिः अखिल (क्रान्तिकारी) का गणेश पाण्डे विजयी
समानुपातिक मत
एमाले अखिल: ५८
अखिल (क्रान्तिकारी): ६५
नेवि संघ: ३७
४. मछिन्द्र बहुमुखी क्याम्पस धुनीबेसी
सभापतिः अखिल (क्रान्तिकारी) का अनिल उप्रेती विजयी
५. नेत्रावती सामुदायीक क्याम्पस खहरे
सभापतिः अखिल (क्रान्तिकारी) बाट सिता तिमल्सिना विजयी
६. नमुना बागेश्वरी गल्छी
सभापतिः अनेरास्ववियुबाट अन्दाज श्रेष्ठ विजयी