गल्छीमा गठबन्धनको साझा उम्मेदवारी

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १४, २०७९

धादिङ । धादिङको गल्छी गाउँपालिकाको चुनाव गठबन्धन र एमाले बीच प्रतिस्पर्धा हुने प्रष्ट भएको छ । धादिङका केहि पालिकामा गठबन्धन भत्तिएता पनि गल्छीमा गठबन्धन र एमाले बीच प्रतिस्पर्धा हुने भएको हो ।

गठबन्धनका तर्फबाट एकीकृत समाजवादीले पालिका प्रमुख र दुईवटा वडाको अध्यक्षमा, कांग्रेसले उपाध्यक्ष र चारवटा वडा अध्यक्षमा र माओवादी केन्द्रले दुईवटावडा अध्यक्षमा मात्रै उम्मेदवारी दिएका छन् ।

एकीकृत समाजवादीको तर्फबाट अध्यक्षमा कृष्णहरि श्रेष्ठ, वडा नम्बर १ मा माधव खतिवडा र वडा नम्बर २ मा रमेश थापा, कांग्रेसको तर्फबाट उपाध्यक्षमा भाईकाजी तिवारी, ४ को अध्यक्षमा राजु अधिकारी, ६ को अध्यक्षमा दिपक कार्की, ७ को अध्यक्षमा चन्द्र प्रसाद खतिवडा र ८ को अध्यक्षमा विशाल लुङ्गेली, माओवादी केन्द्रबाट ३ को अध्यक्षमा राजन भुजेल र ५ को अध्यक्षमा सरोज तामाङले उम्मेदवारी दिएका छन् ।

यस्तै गठबन्धन सँग चुनावी मैदानमा एमालेले पालिका अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमल्सिनाले उम्मेदवारी दिएका छन् । एमाले गल्छीले दिएको जानकारी अनुसार वडा नम्बर १ मा यदुकुमार खतिवडा, वडा नम्बर २ को अध्यक्षमा षडानन्द खनाल, वडा नम्बर ३ मा कपिल प्रसाद रेग्मी, वडा नम्बर, ४ मा जयराम अधिकारी, वडा नम्बर ५ को अध्यक्षमा प्रेम बहादुर तामाङ, वडा नम्बर ६ को अध्यक्षमा राजकुमार रिमाल, वडा नम्बर ७ को अध्यक्षमा हरि प्रसाद खतिवडा, वडा ८ को अध्यक्षमा रामहरि थापाले उम्मेदवारी दिएका छन् ।

यस्तो थियो ०७४ सालमा गल्छी गाउँपालिकाको चुनावी नतिजा
प्रमुखमा
कांग्रेस विनोदकुमार कार्की ५२०७ मत
एमाले कृष्णहरि श्रेष्ठ ६०५१ मत विजयी
माओवादी केन्द्र बिरबहादुर तामाङ २१० मत
राप्रपा प्रेमबहादुर अधिकारी ५१ मत
नयाँ नकुल थापा २८ मत
स्वतन्त्र राजु वाग्ले १ मत
स्वतन्त्र दिपककुमार कार्की १ मत
स्वतन्त्र राजन भण्डारी १ मत

उप प्रमुखमा
कांग्रेस कलादेवि खतिवडा २१४९ मत
एमाले राधा लामिछाने ६०२८ मत विजयी
माओवादी केन्द्र मीरा थापा मगर ३१८४ मत
स्वतन्त्र जितेन्द्र श्रेष्ठ १ मत

वडा १ को अध्यक्षमा
कांग्रेस भाईकाजी तिवारी ७३२ मत
एमाले पूर्णप्रसाद खतिवडा ८८१ मत विजयी
माओवादी केन्द्र रामशरण सेन्चरी ९७ मत

वडा नम्बर २ को अध्यक्षमा
कांग्रेस हरि प्रसाद खतिवडा ५९९ मत
एमाले सडानन्द खनाल १०११ मत विजयी
माओवादी केन्द्र काजीमान ब्रजाचार्य ६४ मत
राप्रपा लोकबहादुर श्रेष्ठ १९ मत

वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस खिल प्रसाद आचार्य ३२८ मत
एमाले कपिल प्रसाद रेग्मी ४१९ मत विजयी
माओवादी केन्द्र राजन भुजेल २३३ मत
राप्रपा सुमन ढुङ्गाना १३ मत

वडा नम्बर ४ को अध्यक्षमा
कांग्रेस राजु अधिकारी ७३२ मत विजयी
एमाले केशव अधिकारी ७१३ मत
माओवादी जगन्नाथ अधिकारी ८८ मत
राप्रपा मनोहर अधिकारी ११ मत

वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस सुरेशकुमार तामाङ २७० मत
एमाले प्रेमबहादुर तामाङ ६३१ मत विजयी
माओवादी केन्द्र सारोज लामा तामाङ ५१० मत
राप्रपा कुवेर तामाङ २८ मत

वडा नम्बर ६ को अध्यक्षमा
कांग्रेस भिमसेन पाण्डे ६०५ मत
एमाले राजन श्रेष्ठ ६७७ मत विजयी
माओवादी केन्द्र भरत अधिकारी ४७ मत

वडा नम्बर ७ को अध्यक्षमा
कांग्रेस धनबहादुर गौतम ५०३ मत
एमाले हरि प्रसाद खतिवडा ७१९ मत विजयी
माओवादी केन्द्र बासु खड्का १८१ मत

वडा नम्बर ८ को अध्यक्षमा
कांग्रेस बिशाल लुङ्गेली मगर ८०४ मत
एमाले भरत तामाङ ८०६ मत विजयी