एमालेले गल्छीको अध्यक्षमा खतिवडा र उपाध्यक्ष तिमल्सिनालाई उठाउने

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख ८, २०७९

धादिङ । नेकपा एमालेले बैशाख ३० गते हुने स्थानी तहको निर्वाचनमा धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमल्सिनालाई उठाउने निर्णय गरेको छ ।

खतिवडा नेकपा एमाले गल्छी गाउँपालिका संगठनका अध्यक्ष समेत हुन् भने हाल पालिका उपाध्यक्ष रहनुभएकी तिमल्सिना एमाले धादिङका जिल्ला कमिटी सदस्य हुन् ।

एमाले गल्छीले दिएको जानकारी अनुसार वडा नम्बर १ मा यदुकुमार खतिवडा, वडा नम्बर २ को अध्यक्षमा षडानन्द खनाल, वडा नम्बर ३ मा कपिल प्रसाद रेग्मी, वडा नम्बर, ४ मा जयराम अधिकारी, वडा नम्बर ५ को अध्यक्षमा प्रेम बहादुर तामाङ, वडा नम्बर ६ को अध्यक्षमा राजकुमार रिमाल, वडा नम्बर ७ को अध्यक्षमा हरि प्रसाद खतिवडा, वडा ८ को अध्यक्षमा रामहरि थापालाई उठाउने निर्णय भएको छ ।

यस्तो थियो ०७४ सालमा गल्छी गाउँपालिकाको चुनावी नतिजा
प्रमुखमा
कांग्रेस विनोदकुमार कार्की ५२०७ मत
एमाले कृष्णहरि श्रेष्ठ ६०५१ मत विजयी
माओवादी केन्द्र बिरबहादुर तामाङ २१० मत
राप्रपा प्रेमबहादुर अधिकारी ५१ मत
नयाँ नकुल थापा २८ मत
स्वतन्त्र राजु वाग्ले १ मत
स्वतन्त्र दिपककुमार कार्की १ मत
स्वतन्त्र राजन भण्डारी १ मत

उप प्रमुखमा
कांग्रेस कलादेवि खतिवडा २१४९ मत
एमाले राधा लामिछाने ६०२८ मत विजयी
माओवादी केन्द्र मीरा थापा मगर ३१८४ मत
स्वतन्त्र जितेन्द्र श्रेष्ठ १ मत

वडा १ को अध्यक्षमा
कांग्रेस भाईकाजी तिवारी ७३२ मत
एमाले पूर्णप्रसाद खतिवडा ८८१ मत विजयी
माओवादी केन्द्र रामशरण सेन्चरी ९७ मत

वडा नम्बर २ को अध्यक्षमा
कांग्रेस हरि प्रसाद खतिवडा ५९९ मत
एमाले सडानन्द खनाल १०११ मत विजयी
माओवादी केन्द्र काजीमान ब्रजाचार्य ६४ मत
राप्रपा लोकबहादुर श्रेष्ठ १९ मत

वडा नम्बर ३ को अध्यक्षमा
कांग्रेस खिल प्रसाद आचार्य ३२८ मत
एमाले कपिल प्रसाद रेग्मी ४१९ मत विजयी
माओवादी केन्द्र राजन भुजेल २३३ मत
राप्रपा सुमन ढुङ्गाना १३ मत

वडा नम्बर ४ को अध्यक्षमा
कांग्रेस राजु अधिकारी ७३२ मत विजयी
एमाले केशव अधिकारी ७१३ मत
माओवादी जगन्नाथ अधिकारी ८८ मत
राप्रपा मनोहर अधिकारी ११ मत

वडा नम्बर ५ को अध्यक्षमा
कांग्रेस सुरेशकुमार तामाङ २७० मत
एमाले प्रेमबहादुर तामाङ ६३१ मत विजयी
माओवादी केन्द्र सारोज लामा तामाङ ५१० मत
राप्रपा कुवेर तामाङ २८ मत

वडा नम्बर ६ को अध्यक्षमा
कांग्रेस भिमसेन पाण्डे ६०५ मत
एमाले राजन श्रेष्ठ ६७७ मत विजयी
माओवादी केन्द्र भरत अधिकारी ४७ मत

वडा नम्बर ७ को अध्यक्षमा
कांग्रेस धनबहादुर गौतम ५०३ मत
एमाले हरि प्रसाद खतिवडा ७१९ मत विजयी
माओवादी केन्द्र बासु खड्का १८१ मत

वडा नम्बर ८ को अध्यक्षमा
कांग्रेस बिशाल लुङ्गेली मगर ८०४ मत
एमाले भरत तामाङ ८०६ मत विजयी