कांग्रेस सिद्धलेक अधिवेशनमा पालिका सभापति रामशरण गिरी सहभागी नहुने

Avatar photo
Dhadingpost
अशोज ८, २०८३

धादिङ । नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको अधिवेशन आज विश्व भागवत धाम, परेवाटारमा हुँदैछ । तर गाउँपालिका सभापति रामशरण गिरी भने अधिवेशनमा सहभागी नहुने भएका छन् ।

वडा अधिवेशन सम्पन्न गर्न सक्रिय रूपमा खटिएका सभापति गिरीले पालिका अधिवेशनमा जिल्ला नेतृत्वबाट भएको भनिएको हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै सहभागी नहुने निर्णय गरेको बताइएको छ ।

एक कांग्रेस नेताका अनुसार स्थानीय भूगोलमा लामो समयदेखि काम गर्दै आएका तथा निवर्तमान हुँदै गरेका पालिका सभापतिको रायसमेत नलिई स्थानीय कार्यक्रममा मात्रै सहभागी हुने व्यक्तिलाई नेतृत्वमा ल्याउने तयारी भएपछि गिरी अधिवेशनमा सहभागी नहुने निर्णयमा पुगेका हुन् ।

ती नेताले कांग्रेसमा नेतृत्व चयन गर्दा स्थानीय तहमा काम गरेका नेता–कार्यकर्ताको भूमिका र रायलाई बेवास्ता गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए ।

‘नेताले गोजीबाट नेता छान्ने परम्पराले कांग्रेस कमजोर बन्दै गएको छ । अब कांग्रेस सच्चियो होला भन्ने लागेको थियो, तर अवस्था उस्तै देखियो,’ ती नेताले भने ।