
धादिङ । रोटरी क्लब अफ धादिङले आफ्नो दशौं पदस्थापन समारोह आइतबार धादिङबेसीस्थित क्रिक रिसोर्टमा एक भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ।
समारोहमा रोटरियन डा। रामचन्द्र रिजालले रोटरी वर्ष २०२५–२६ का लागि क्लबको अध्यक्षको रूपमा कार्यभार ग्रहण गरे भने निवर्तमान अध्यक्ष रोटरियन सुदीप रसाइलीले औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरेका थिए ।
कार्यक्रमा प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का डिस्ट्रिक्ट गभर्नर नोमिनी रोटरियन डा. आई.पी. ढकालले रोटरी क्लब अफ धादिङले समाजसेवाको क्षेत्रमा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै क्लबलाई आगामी दिनमा डिष्ट्रिक्टको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाएका थिए ।
यस्तै विशिष्ट अतिथिका रूपमा सहभागी जोन ३३ का असिस्टेन्ट गभर्नर डा. प्रमोद पौडेलले क्लबका सदस्यहरू सेवाभावले प्रेरित रहेको उल्लेख गर्दै स्वास्थ्य, शिक्षा तथा मानव सेवा क्षेत्रमा सहकार्य गरिने प्रतिवद्धता जनाएका थिए ।
पूर्वअध्यक्ष तथा डिस्ट्रिक्ट भोकेशनल चियर रोटरियन अशोक बस्नेतले क्लबको कार्यसम्पादन समाजमुखी, सशक्त र प्रभावकारी रहेको बताउँदै सामाजिक रूपान्तरणका लागि क्लबले कहिल्यै पछि नहट्ने विश्वास व्यक्त गर्दै नव गठित कार्यसमितिलाई कार्यसफलताको शुभकामना व्यक्त गरेका थिए ।
नयाँ कार्य समिति (Rota Year 2025-26)
- अध्यक्ष : डा. राम रिजाल
- अध्यक्ष इलेक्ट: ईश्वर कँडेल
- अध्यक्ष नोमिनी: विष्णु कुमार श्रेष्ठ
- निर्वमान अध्यक्ष: सुदीप रसाइली
- संस्थापक अध्यक्ष: ध्रुर्व बहादुर थापा
- उपाध्यक्ष: सरस्वती थापा
- सचिव: प्रकाश भण्डारी
- कोषाध्यक्ष: रेश्मा श्रेष्ठ
- संयुक्त सचिव: झरन श्रेष्ठ
- संयुक्त कोषाध्यक्ष: बिनु सिम्खडा
- क्लब प्रशासन निर्देशक (Director Club Administration): अशोक कुमार बस्नेत
- पब्लिक इमेज चेयर (Public Image Chair): भीम बहादुर श्रेष्ठ
- सदस्यता प्रमुख (Membership Chair): नविन कुमार श्रेष्ठ
- सेवा प्रमुख (Service Chair): कृष्णलाल उप्रेती
- TRF चेयर: रोहित भण्डारी
- युवा प्रमुख (Youth Chair): शिव श्रेष्ठ
- सर्जेन्ट एट आर्म्स (Sgt-at-Arms): अनिल के.सी.
निवर्तमान सुदिप रसाईलीको कार्यकालमा भएको मुख्य मुख्य काम
- रोटरी धादिङद्वारा छात्रवासमा खाद्य सामाग्री सहयोग
- आमाको छात्राबासमा पुन: खाद्यान्न सहयोग
- रोटरियनको धादिङबेसीमा ‘इन्ड पोलियो नाओ’ र्याली
- रोटरी क्लव अफ धादिङद्वारा सम्मान
- राेटरी धादिङद्वारा विद्यार्थीलाई न्यानाे कपडा प्रदान
- राेटरी चाैताराे समुदायलाई हस्तान्तरण
- आमाको छात्रावासमा फेरि सहयोग
पूर्व अध्यक्षहरुको सूची
- २०२४-२५ को अध्यक्षमा सुदिप रसाईली
- ०२३-२४ को अध्यक्षमा नविन कुमार श्रेष्ठ चयन
- ०२२-२३ को अध्यक्षमा रोहित भण्डारी चयन
- २०२१–२०२२ को अध्यक्षमा भिम श्रेष्ठ चयन
- २०२०-२१ को अध्यक्षमा कृष्णलाल उप्रेती चयन
- २०१९-२० को अध्यक्षमा अशोक कुमार बस्नेत चयन
- २०१८-१९ को अध्यक्षमा गोविन्द बुढाथोकी चयन
- २०१७-१८ को अध्यक्षमा हरि लम्साल चयन
- संस्थापक अध्यक्ष ध्रुव थापा (२०१६–२०१७)
