
उपेन्द्र जमकट्टेल
धादिङ । सत्ता गठबन्धन घटक वाम लोकतान्त्रिक गठबन्धन धादिङ क्षेत्र नम्बर १ ले शनिबार पिक्निकको आयोजना गरेको छ ।
प्रतिनीधि सभा क्षेत्र र प्रदेश सभा क्षेत्र गरि ६ सिटका लागि मंसिर ४ गते सम्पन्न आम चुनावमा ५ सिट जित्न सफल वाम लोकतान्त्रिक गठबन्धनका नेता तथा कार्यकर्ताहरु पिक्निक सहभागि हुने बताईएको छ ।
वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट धादिङ १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, २ मा कांग्रेसका रामनाथ अधिकारी, प्रदेश तर्फ १ को प्रदेश १ मा कांग्रेसका मदुकुमार श्रेष्ठ, १ को प्रदेश २ मा माओवादी केन्द्र धादिङका शालिकराम जमकट्टेल र २ को प्रदेश १ मा कांग्रेसका गोविन्द लम्साल विजयी भएका थिए । २ को प्रदेश २ मा भने माओवादीका जगत सिंखडालाई राप्रपाका डम्बर तामाङले पराजित गरेका थिए ।
