
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७, आदामारामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ।
सर्पदंशबाट २२ वर्षीय दृष्टिविहीन सुनिल चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
सर्पले टोकेपछि उनको अवस्था गम्भीर बनेको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
बेनीघाट रोराङ गाउँपालिका–७ आदामारा क्षेत्र उक्त गाउँपालिकाको वडा नं. ७ अन्तर्गत पर्छ।
