
धादिङ । रोटरी क्लब अफ धादिङको सन् २०२६–२७ कार्यकालका लागि रोटेरियन ईश्वर कँडेल अध्यक्षमा चयन भएका छन् । रोटरीको परम्पराअनुसार प्रत्येक वर्ष जुलाई १ देखि नयाँ नेतृत्वले कार्यभार सम्हाल्ने व्यवस्था रहेको छ ।
रोटरी क्लब अफ धादिङले विगतदेखि नै जिल्लामा स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, महिला सशक्तीकरण, विपन्न तथा असहाय व्यक्तिलाई सहयोग, साथै पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाको संरक्षणलगायतका सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नवनिर्वाचित अध्यक्ष कँडेलको नेतृत्वमा गठन गरिएको कार्यसमितिमा चार्टर अध्यक्षमा ध्रुव थापा, तत्कालीन पूर्वअध्यक्षमा डा. राम रिजाल, अध्यक्ष–निर्वाचितमा विष्णुकुमार श्रेष्ठ तथा अध्यक्ष–मनोनीतमा सरस्वती थापा रहेका छन् ।
त्यसैगरी उपाध्यक्षमा अनिल केसी, सचिवमा प्रकाश भण्डारी, कोषाध्यक्षमा रेश्मा श्रेष्ठ, सह–सचिवमा बाबु काजी श्रेष्ठ तथा सह–कोषाध्यक्षमा महेन्द्र खनाल चयन भएका छन्।
क्लब प्रशासन संयोजक तथा निर्देशकमा भीमबहादुर श्रेष्ठ, पब्लिक इमेज संयोजक तथा निर्देशकमा बिनु सिम्खडा, सदस्यता संयोजक तथा निर्देशकमा नवीनकुमार श्रेष्ठ, सेवा परियोजना संयोजक तथा निर्देशकमा कृष्णलाल उप्रेती, युवा सेवा संयोजक तथा निर्देशकमा शिवराम श्रेष्ठ, द रोटरी फाउन्डेसन (TRF) संयोजक तथा निर्देशकमा सुदीप रसाइली, क्लब लर्निङ फेसिलिटेटरमा अशोककुमार बस्नेत तथा सार्जेन्ट–एट–आर्म्समा राजाराम सिलवाल चयन भएका छन् ।
नयाँ नेतृत्वले रोटरी क्लब अफ धादिङमार्फत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, स्वच्छ खानेपानी, सरसफाइ तथा समुदायमुखी सेवामूलक अभियानलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।
पूर्व अध्यक्षहरुको सूची
- २०२५–२६ अध्यक्षमा डा. राम रिजाल
- २०२४-२५ को अध्यक्षमा सुदिप रसाईली
- ०२३-२४ को अध्यक्षमा नविन कुमार श्रेष्ठ चयन
- ०२२-२३ को अध्यक्षमा रोहित भण्डारी चयन
- २०२१–२०२२ को अध्यक्षमा भिम श्रेष्ठ चयन
- २०२०-२१ को अध्यक्षमा कृष्णलाल उप्रेती चयन
- २०१९-२० को अध्यक्षमा अशोक कुमार बस्नेत चयन
- २०१८-१९ को अध्यक्षमा गोविन्द बुढाथोकी चयन
- २०१७-१८ को अध्यक्षमा हरि लम्साल चयन
- संस्थापक अध्यक्ष ध्रुव थापा (२०१६–२०१७)
