नीलकण्ठले लगातार तेस्रो पटक जित्यो, राष्ट्रपति रनिङ शिल्ड

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ७, २०८२

धादिङ । प्रदेश छनोटका लागि भएको धादिङ जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नीलकण्ठ नगरपालिकाले जितेको छ । यस अघि १२ औं१३ औं जितेको नीलकण्ठले यो १४ औं पनि जितेर रनिङ शिल्ड आफ्नो पक्षमा परेको छ ।

नीलकण्ठले आफ्नो जितका लागि २२ स्वर्ण, ६ रजत र १० कास्य पदक ल्याउँदा थाक्रे गाउँपालिका ८ स्वर्ण ११, रजत र ८ कास्य सहित द्वितिय र रुवी भ्याली गाउँपालिका ५ स्वर्ण, ३ रजत र २ कास्य सहित तृतीय भएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले धादिङपोष्टलाई बताए ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रमेशमान तुलाधरका अनुसार १४ जिल्ला स्तरीय औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका स्तरीय नतिजा
१. नीलकण्ठ नगरपालिका २२ स्वर्ण, ६ रजत र १० कास्य
२. थाक्रे गाउँपालिका ८ स्वर्ण ११, रजत र ८ कास्य
३. रुवी भ्याली गाउँपालिका ५ स्वर्ण, ३ रजत र २ कास्य
४. गजुरी गाउँपालिका ४ स्वर्ण, १२ रजत र १४ कास्य
५. ज्वालामुखी गाउँपालिका ५ स्वर्ण, २ रजत र ४ कास्य
६. सिद्धलेक गाउँपालिका ४ स्वर्ण, ९ रजत र ५ कास्य
७. त्रिपुरासुन्दरी गाउँपालिका ३ स्वर्ण १ रजत र ४ कास्य
८. गल्छी गाउँपालिका २ स्वर्ण ५ रजत र ७ कास्य
९. नेत्रावती डवजोङ १ स्वर्ण ० रजत र १ कास्य
१०. धुनीबेसी नगरपालिका ४ रजत र १४ कास्य
११. खनियाबास गाउँपालिका १ रजत र १ कास्य

रुवी भ्यालीको छलाङ
धादिङको अति विकट क्षेत्र रुवीभ्यालीले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रतियोगिता सम्म आईपुग्दा जिल्लाको तेस्रो पालिका बनेर खेलकुदमा छलाङ मारेको छ । १२ औं मा १० औं बन्दै १ रजत पदक मात्रै जितेको बनेको रुवीभ्यालीले १० मा औं १ रजत र २ कास्य जित्दै पाँचौं बनेको थियो । १३ औं ३ स्वर्ण ७ रजत र ३ काश्य पदक सहित पाचौं बन्न सफल भएको थियो । भलिबल र कराँतेलाई यस पालिकाले महत्वपूर्ण खेलको सूचीमा राखेको छ ।

यसअघि भएका प्रतियोगिता मध्ये ११ औं राष्ट्रपति रनिङ शिल्डको विजेता धुनीबेसी नगरपालिकाले र १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता बेनीघाट रोराङ  जितेको थियो । १० औं विजेता बेनीघाटले लाखौं खर्च गरेर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरेर जिल्लाका लागि खेलाडी छनोट गरेपनि वजेटको अभाव देखाउँदै यस प्रतियोगितामा सहभागिता नजनाउँदा पालिकाबाट छनोट भएका खेलाडीहरु मर्कामा परे ।