धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ४ स्थित हर्कपुर माविले पालिका स्तीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताआफूलाई छलाङ मारेको छ । विगतका वर्षहरुमा आफूलाई कडा प्रतिपर्धीका रुपमा मात्रै कायम राख्दै आएको हर्कपूणले विगतका विजेताहरुलाई यस वर्ष स्तब्ध बनाईदियो ।
बेनीघाट रोराङ गाउँपालिकाले २०७५ सालमा आयोजना गरेको पालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्डमा सहभागीता मात्रै जनाएको हर्कपुरले २०७६मा ७ स्वर्ण सहित द्वितिय बन्न सफल भएको थियो । त्यस यता भएका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सँधैं तृतीयमा चित्त बुझाएको हकृपुरले यो छैटौं राष्ट्रपति रनिङ शिल्डमा भने १५ स्वर्ण, ११ रजत र ५ कास्य सहित ३१ पदकको साथमा पालिका प्रथम भयो ।
- छैटौंमा १५ स्वर्ण, ११ रजत र ५ कास्य सहित ३१ पदक -प्रथम
- पाँचौंमा ५ स्वर्ण, ७ रजत, ५ कास्य जम्मा १७ पदक -तृतीय
- चौथोमा ५ स्वर्ण, ५ रजत र ३ कास्य -तृतीय
- तेस्रोमा ३ स्वर्ण, २ रजत र १ कास्य सहित ६ पदक -तृतीय
- दोस्रोमा ७ स्वर्ण -द्वितिय
विजेता हर्कपूर माविलाई नगद २५ हजार सहित दोस्रो र तृतिय भएका विद्यालय र विद्यालयहरुलाई बेनीघाट रोराङले शुक्रबार भव्य समारोहका बीच पुरस्कार वितरण गरेको छ ।