बेनीघाट रोराङको चौंथो राष्ट्रपति रनिङ शिल्ड तथा सहिद स्मृति कप चन्द्रोदय मावि विशालटारले जित्यो

Avatar photo
Dhadingpost
बिहिबार, माघ ५, २०७९

धादिङ । बेनीघाट रोराङ गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड तथा सहिद मजदुर स्मृति कप प्रतियोगिता विशालटार स्थित चन्द्रोदय माध्यामिक विद्यालयले जितेको छ ।

पुस ३ गते देखि ५ गते सम्म चलेको यस प्रतियोगितामा चन्द्रोदय मावि विशालटार ११ स्वर्ण पदक, ४ रजत र ३ कास्य पदक ल्याउँदै प्रथम भएको हो । भने वागेश्वरी मावि रिचोकटार ६ स्वर्ण, ६ रजत र ४ कास्य सहित दोस्रो भयो ।

प्रतियोगिता सम्पन्न भए सँगै गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को प्रमुख आतिथ्यता विजयी विद्यार्थी र विद्यालयलाई पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरण समारोहमा पालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठ र खेलकुद विकास समिति धादिङ अध्यक्ष प्रतापसिंह तामाङको विशेष आतिथ्यता, गाउँपालिकाका प्रमुख पशासकिय अधिकृत भीष्म कुमार मल्ल, वडाध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।

राष्ट्रपति रनिङ शिल्ड तथा सहिद मजदुर स्मृति कप प्रतियोगिता सकिए सँगै बेनीघाट रोराङ गाउँपालिकाका जनप्रतिनीधि/कर्मचारी र शिक्षक बीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता भएको थियो । गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले जनप्रतिनीधि /कर्मचारी टिमको नेतृत्व गरेको थिए भने दिपेश कडेलले शिक्षक टिमको नेतृत्व गरेका थिए । यो खेलमा जनप्रतिनीधि/कर्मचारी टिम टिमले १ गोल मात्रै गर्न सक्यो भने शिक्षक टिमले ५ गोल गरेको थियो ।