बेनीघाट रोराङको राष्ट्रपति रनिङ शिल्ड ८ स्वर्ण सहित बागेश्वरी प्रथम

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २४, २०८०

धादिङ । गत वर्षको बेनीघाट रोराङको राष्ट्रपति रनिङ शिल्ड विजेता चन्द्रोदय मावि विशालटार सँग रहेको रनिङ शिल्ड यस वर्ष रिचोकटार स्थित बागेश्वरी माविले खोसेको छ ।

कार्तिक १७ गते देखि जारी बेनीघाट रोराङको विद्यालय स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्द्रोदय माविले फर्जि खेलाडी खेलाएको उजुरी परेपछि ७ स्वर्णमा समेटियो । जसको फाईदा उठाउँदै बागेश्वरी ८ स्वण सहित यो वर्ष रनिङ शिल्ड आफ्नो पक्षमा पार्न सफल रहेको हो ।

कुन स्कुलको कति पदक

  • वागेश्वरी मावि ८ स्वर्ण, ७ रजत, २ कास्य जम्मा १७ पदक प्रथम
  • चन्द्रोदय मावि, ७ स्वर्ण, ४ रजत, ६ कास्य जम्मा १७ पदक द्वितीय
  • हर्कपुर मावि ५ स्वर्ण, ७ रजत, ५ कास्य जम्मा १७ पदक तृतीय
  • पञ्चकन्या मावि ४ स्वर्ण, १ रजत, ३ कास्य जम्मा ८ पदक चौंथो
  • शंखादेवी मावि३ स्वर्ण, २ रजत, ३ कास्य जम्मा ८ पदक पाँचौं
  • बाँसखर्क मावि २ स्वर्ण, ३ रजत, २ कास्य जम्मा ७ पदक छैठौं
  • ब्राइटफ्यूचर मावि १ स्वर्ण, २ रजत, १ कास्य जम्मा ४ पदक सातौं
  • राइजिङस्टार मावि ३ रजत जम्मा ३ पदक आठौं
  • कालिका मावि २ रजत जम्मा पदक २ नवौं
  • चन्द्रोदय मावि १ रजत, १ कास्य जम्मा २ पदक दशौं
  • राष्ट्रिय मावि १ कास्य जम्मा पदक १ एघारौं
  • पिपल भञ्ज्याङ मावि पदक विहिन बाह्रौं