बेनीघाट राेराङकाे छैटौं राष्ट्रपति रनिङ शिल्ड हर्कपुरले जित्यो

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २७, २०८१

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले भव्य समारोहका बीच सुरुभएको खेलकुद उत्सव अन्तरगत छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । अन्य खेलहरु भने जारी छन् ।

बेनीघाट रोराङको छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १५ स्वर्ण, ११ रजत र ५ कास्य सहित ३१ पदकको साथमा हर्कपुर माविले जितेको छ । गत वर्ष अर्थात पाँचौं राष्ट्रपति रनिङ शिल्ड विजेता बनेको बागेश्वरी यो छैटौं आईपुग्दा ११ स्वर्ण, ७ रजत र ४ कास्य सहित द्वितियमा झरेको छ भने चौंथो राष्ट्रपति रनिङ शिल्ड विजेता बनेको चन्द्रोदय मावि विशालटार यस प्रतियोगितामा ५ स्वर्ण, ९ रजत र ९ कास्य सहित २३ पदक ल्याउँदै तृतीयमा रोकियो ।

छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नतिजा
हर्कपुर मावि १५ स्वर्ण, ११ रजत, ५ कास्य जम्मा ३१ पदक प्रथम
वागेश्वरी मावि ११ स्वर्ण, ७ रजत, ४ कास्य जम्मा २६ पदक द्वितीय
चन्द्रोदय मावि, ५ स्वर्ण, ९ रजत, ९ कास्य जम्मा २३ पदक तृतीय
ब्राइटफ्यूचर मावि ४ स्वर्ण, ६ रजत जम्मा १० पदक चौंथो
पिपल भञ्ज्याङ मावि ३ स्वर्ण, २ रजत, १ कास्य जम्मा ६ पदक पाँचौं
बाँसखर्क मावि १ स्वर्ण, १ रजत, ९ कास्य जम्मा ९ पदक छैटौं
कालिका मावि १ स्वर्ण २ रजत, ५ कास्य जम्मा ८ पदक २ सातौं
चन्द्रोदय मावि १ स्वर्ण, ३ रजत, १ कास्य जम्मा ५ पदक आठौं
शंखादेवी मावि १ स्वर्ण, ३ कास्य जम्मा ४ पदक नवौं
राइजिङस्टार मावि १ कास्य जम्मा १ पदक दशौं
राष्ट्रिय मावि १ कास्य जम्मा १ पदक एघारौं दशौं
पञ्चकन्या मावि ० स्वर्ण, ० रजत, ० कास्य जम्मा ० पदक अन्तिम

गत वर्ष भएको पाँचौं राष्ट्रपति रनिङ शिल्डको नतिजा यस्तो थियो
वागेश्वरी मावि ८ स्वर्ण, ७ रजत, २ कास्य जम्मा १७ पदक प्रथम
चन्द्रोदय मावि, ७ स्वर्ण, ४ रजत, ६ कास्य जम्मा १७ पदक द्वितीय
हर्कपुर मावि ५ स्वर्ण, ७ रजत, ५ कास्य जम्मा १७ पदक तृतीय
पञ्चकन्या मावि ४ स्वर्ण, १ रजत, ३ कास्य जम्मा ८ पदक चौंथो
शंखादेवी मावि३ स्वर्ण, २ रजत, ३ कास्य जम्मा ८ पदक पाँचौं
बाँसखर्क मावि २ स्वर्ण, ३ रजत, २ कास्य जम्मा ७ पदक छैठौं
ब्राइटफ्यूचर मावि १ स्वर्ण, २ रजत, १ कास्य जम्मा ४ पदक सातौं
राइजिङस्टार मावि ३ रजत जम्मा ३ पदक आठौं
कालिका मावि २ रजत जम्मा पदक २ नवौं
चन्द्रोदय मावि १ रजत, १ कास्य जम्मा २ पदक दशौं
राष्ट्रिय मावि १ कास्य जम्मा पदक १ एघारौं
पिपल भञ्ज्याङ मावि पदक विहिन बाह्रौं

बेनीघाट रोराङको यो छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३५६ जना छात्रा र ३३७ जना छात्रे गरी ६९३ जना विद्यार्थीहरुले भाग लिएका थिए । बेनीघाट रोराङमा हाल सामुदायीक ७३ र संस्थागत ५ गरी ७८ विद्यालय रहेका छन् भने यी विद्यालयमा चालु शैक्षिक वर्षमा १० हजार २७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।