धादिङ । रोटरी क्लव अफ धादिङको नवौं पदस्थापन समारोह धादिङबेसी स्थित क्रिक रोसोर्टमा आईतबार भव्य समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका AG Rtn हरि प्रसाद सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुवेदीले क्लवलाई स्वार्थ भन्दा माथि सेवा भन्ने मुल नारालाई आत्मसाथ गर्दै सामाजिक काममा सक्रिय हुदै र सदस्यता विस्तारलाई जोड दिन आग्रह गरेका थिए । कार्यक्रमका पूर्व अध्यक्ष एवम् २०२४–२५ का आर आई डिष्ट्रिक ३२९२ नेपाल भुटानका जोन ३५ का AG समेत रहेका अशोक बस्नेतले मानविय सेवाका लागि केहि गरौं । रोटरीमा आवद्ध भएर सामाजिक कार्यमा लाग्दा जीवन थप आनन्ददायी हुने बताएका थिए ।
समारोहमा रोटरियन सुदिप रसाईलीको अध्यक्षतामा रोटरी क्लव अफ धादिङको वोर्ड गठन गरिएको छ। नव गठित कार्यसमतिको ईमिडेट प्रेसिडण्टमा नविन कुमार श्रेष्ठ, प्रेसिडण्ट ईलेक्टमा डा.रामचन्द्र रिजाल, नोमिनी प्रेसिडण्टमा इश्वर कडेल, भ्वाईसप्रेसिडण्टमा विष्णु कुमार श्रेष्ठ चयन भएका छन् । यस्तै सचिवमा शिवराम श्रेष्ठ, कोषाध्यक्षमा सरस्वती थापा, सहसचिवमा झरना श्रेष्ठ, सह कोषध्यक्षमा विष्णु सिंखडा, चयन भएका छन् ।
त्यसैगरी क्लव प्रशाशन चेयरमा शालिकराम दुवाडी, पब्लिक रिलेसन चेयरमा भिमबहादुर श्रेष्ठ, मेम्बरसिप चेयरमा कृष्णलाल उप्रेती, कम्युनिटि प्रोजेक्ट चेयरमा प्रकाश भण्डारी, रोटरी फाउण्डेसन चेयरमा रोहित भण्डारी र Sgt-At-Arms मा अनिलकुमार केसी चयन भएका छन् ।
अध्यक्षहरुको सूची
- ०२४–२५ को अध्यक्षमा सुदिप रसाईली चयन
- ०२३-२४ को अध्यक्षमा नविन कुमार श्रेष्ठ चयन
- ०२२-२३ को अध्यक्षमा रोहित भण्डारी चयन
- २०२१–२०२२ को अध्यक्षमा भिम श्रेष्ठ चयन
- २०२०-२१ को अध्यक्षमा कृष्णलाल उप्रेती चयन
- २०१९-२० को अध्यक्षमा अशोक कुमार बस्नेत चयन
- २०१८-१९ को अध्यक्षमा गोविन्द बुढाथोकी चयन
- २०१७-१८ को अध्यक्षमा हरि लम्साल चयन
- संस्थापक अध्यक्ष ध्रुव थापा (२०१६–२०१७)