नेकपा निकट शिक्षक संगठन नीलकण्ठको अध्यक्षमा कृष्णप्रसाद पोखरेल चयन

Avatar photo
Dhadingpost
कार्तिक १६, २०८३

धादिङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट शिक्षक संगठन नेपाल शिक्षक संगठनको नीलकण्ठ नगर समितिको अध्यक्षमा कृष्णप्रसाद पोखरेल चयन भएका छन् ।

नेपाल शिक्षक संगठन नीलकण्ठ नगर समितिको पाँचौँ अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा ध्रुवराज रिजाल, उपाध्यक्षमा नबिना श्रेष्ठ र राजु दाहाल चयन भएका छन् । त्यसैगरी सचिवमा किरण श्रेष्ठ, सहसचिवमा उपासना तामाङ र कोषाध्यक्षमा उर्मिला श्रेष्ठ चयन भएका छन् ।

समितिका सदस्यहरूमा नरहरी नेपाल, सुजन गिरि, निराजन गुरुङ, राजन भण्डारी, कृष्णबहादुर श्रेष्ठ, बिमला थापामगर, शर्मिला पण्डित, चन्द्रकुमार श्रेष्ठ, गुणबहादुर ढउन्या र सरिता तामाङ रहेका छन् ।

पाँचौँ अधिवेशनबाट चयन भएको नयाँ समितिले नीलकण्ठ नगरपालिकाभित्र शिक्षकहरूको हकहित, पेसागत विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धिका क्षेत्रमा काम गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल शिक्षक संगठन केन्द्रिय संयोजक शंकर अधिकारी, नकेपा धादिङका पार्टी संयोजक मनराज भण्डारी र नेपाल शिक्षक संगठन प्रदेश संयोजक शंकर अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।