
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नीलकण्ठ नगरकमिटीको आयोजनामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षणमा नीलकण्ठ नगरकमिटी तथा वडा कमिटीका गरी १४० जना कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा रास्वपाका निवर्तमान [पद स्पष्ट गर्नुपर्ने] रामकुमार ढुङ्गाना (आरके) र जिल्ला सभापति राजन अर्यालले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणका क्रममा पार्टीको नीति, विचार, क्याडर क्लब, जनमैत्री कार्यशैली तथा सामाजिक सञ्जालको सही प्रयोगलगायतका विषयमा छलफल तथा प्रशिक्षण दिइएको सहभागीहरूले बताएका छन् ।
कार्यकर्तालाई पार्टीको नीति तथा विचारबारे जानकारी गराउने, संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने र जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको जनाइएको छ ।

