धादिङ । धादिङ–पोखरा सम्पर्क समाजको २६ औं स्थापना दिवसका अवसरमा आयोजित २१ औं रक्तदान कार्यक्रममा १ सय ३७ युनिट रगत संकलन अध्यक्ष रामप्रसाद पाण्डे (राजु) ले धादिङपोष्टलाई बताए ।
यस अघि २० औं मा ११४ जना, १९ औं मा १३३ जना, १८औं मा ७८ जना, १७ औं मा १०२ जना , १४ औं रक्तदान कार्यक्रममा ११८ जनाले रक्तदान गरेका थिए ।
समाजले आफ्नो गतिविधिलाई तिब्रता दिने क्रममा केहि दिन अधि मात्र धादिङ पोखरा समाजमा आवद्ध सदस्यहरुको उपचारमा छुट हुने गरि मणिपाल अस्पताल सँग सहमती समेत गरेको थियो ।