धादिङ-पोखरा समाजको रक्तदानमा ११८ युनिट रगत संकलन

Avatar photo
Dhadingpost
शनिबार, असार १७, २०७४

पोखरा असार १७ । धादिङ–पोखरा सम्पर्क समाजले वार्षिक उत्सवको अवसरमा खुल्ला १४ औं रक्तदान कार्यक्रममा सम्पन्न भएको छ । समाजले आफ्नो वार्षिक उत्सवको अवसरमा शनिबार पोखरामा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रक्तदानबाट आजै ११८ युनिट रगत संकलन गरेको धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडाले बताउनु भयो ।

पहिलो रक्तदाता धादिङ त्रिपुरासुन्दरी गाउँपालिका का रेशम सडौलालाई व्लडव्याग हस्तान्तरण गर्दै पोखरा लेखनाथ महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले कार्यक्रमको उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी उपप्रमुख गुरुङले धादिङ समाजको सामाजिक गतिविधि निकै प्रशंसा योग्य रहेको बताउनु भएको थियो ।

समाजका अध्यक्ष युवराज खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष सुदर्शन बसौला, धन्यवाद ज्ञापन कार्यक्रम संयोजक सरस्वती श्रेष्ठ सरु र संचालन महासचिव हरि पन्तले गरेका थिए ।

क्षेत्रीय रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रमलाई सहयोग पुर्याउने धादिङ–पोखरा सम्पर्क समाज सिद्धलेक गाउँपालिका इकाइ, विष्णु भण्डारी र कुमारी भण्डारीका साथै रेशम सडौलालाई सम्मान गरिएको थियो ।